सुनसरी/ सुनसरीको भोक्राहानरसिंह गाउँपालिका १ स्थित ढोक भन्ने ठाउँमा श्रीमान्ले श्रीमतीको हत्या गरेका छन्। ३०बर्षीया चन्द्रकला उराँवको श्रीमानले गएराती हत्या गरेका हुन्।

घरायसी बिवादका क्रममा गएराती साढे ९ बजेतिर ३२बर्षीय लालुप्रसाद उराँवले धारिलो हतियार(खुकुरी) प्रहार गरी चन्द्रकलाको हत्या गरेका हुन्। लालुप्रसादले चन्द्रकलालाई घाँटीमा खुकुरी प्रहार गरेका थिए। खुकुरी प्रहारबाट गम्भिर घाइते चन्द्रकलाको घरमै ज्यान गएको स्थानीयलाई उद्यृत गर्दै सुनसरी प्रहरीले जनाएको छ।

श्रीमतीलाई खुकुरी प्रहार गरेर फरार भएका लालुप्रसादलाई स्थानीयले खोजी गरेर प्रहरीलाई बुझाएका छन्। चन्द्रकलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवा ल्याईएको सुनसरी प्रहरीले जनाएको छ।