काठमाण्डौ/ संघीय राजधानीको काठमाण्डौ मेडिकल कलेज र आन्दोलनरत पक्षबीच सहमति जुटेको छ। आन्दोलनरत बिद्यार्थी, उनीहरुका अभिभावक र कलेज प्रशासनबीच सहमति जुटेको हो।

अभिभावक, बिद्यार्थी र कलेज प्रशासनबीच सहमति जुटेपछि बिद्यार्थी भर्ना प्रकृया शुरु भएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिनुभयो। मेनेजर दाहालले कलेजका प्रमुख सल्लाहकार डा.केपी शर्मा र आन्दोलनरत पक्षबीच भएको छलफलमा सहमति जुटेको बताउनुभयो। Sahamati Photo

सहमति अनुसार कलेजले होस्टेल शुल्क ५ सय घटाउने भएको छ। यसअघि मासिक १२ हजार ५ सय लिईदै आएको होस्टेल शुल्क अब १२हजार कायम गर्ने सहमति भएको जेनेरल मेनेजर दाहालले जानकारी दिनुभयो।

यता, होस्टेल ऐच्छिक गर्नुपर्ने अडान राख्दै आएको आन्दोलनरत पक्षले पनि त्यसमा लचकता देखाएर होस्टलमै बिद्यार्थी बसाउन तयार भएको छ। त्यस्तै, चिकित्सा शिक्षा आयोगले तोकेको शुल्क तिर्न अभिभावकहरु तयार भएर धमाधम बिद्यार्थी भर्ना हुन थालेको जेनेरल मेनेजर दाहालले बताउनुभयो।