केराबारी/ सुनसरीको धरान ६पानवारीका हरि भट्टराईले मोरङ्गको केराबारी ६ सानो राङ्चामा कालिज फार्म सञ्चालन गर्न थालेपछि सानो राङ्चामा आन्तरीक पर्यटकको चहलपहल बढेको छ। आन्तरीक पर्यटक कालिज फर्म अवलोकनका साथै कालिजको परिकार चाख्न आउन थालेपछि आन्तरीक पर्यटकको चहलपहल बढेको हो। Kalij Form 2

सुनसरीको धरानसँगै सिमाना जोडिएको केराबारी गाउँपालिका वडा नम्बर ६ सानो राङ्चामा कालिज फर्मको स्थापना सँगै आर्थिक गतिबिधि पनि जोडिएको छ। पहिला सुनसान रहेको सानो राङ्चामा अहिले हरेक दिन जसो मानिसहरु पुग्ने गरेका छन्। Kalij Form 1

निर्माणाधिन मदन भण्डारी राजमार्गको केराबारी खण्डको राङ्चा क्षेत्रमा रहेको कालिज फर्मसँगै भट्टराईले कालिज रेष्टुरेन्ट पनि सञ्चालनमा ल्याएका छन्। रेष्टुरेन्टमा कालिजका अतिरिक्त अन्य ६ प्रजातिका पन्छीको मासुका परिकार खान पाईने सञ्चालक बिबेक भट्टराईले बताएका छन्।