केराबारी/ मोरङको केराबारी गाउँपालिकाकी उपाध्यक्ष शान्तिकुमारी लिम्बु(भुजेल) नेकपा एमाले मोरङ्गको उपसचिबमा चयन हुनुभएको छ। उपाध्यक्ष लिम्बु एमाले मोरङ्गको जारी नवौँ अधिबेशनबाट निर्बिरोध चयन हुनुभएको हो।

जारी अधिबेशनमा उपसचिव पदमा लिम्बु र सन्तोष साहको मात्र उम्मेद्वारी परेपछि उहाँहरु निर्बिरोध चयन हुनुभएको हो। यस्तै अध्यक्षमा ऋषिकेश पोखरेल, उपाध्यक्षमा बाबुराम कार्की र सचिवमा रुपेश खतिवडा निर्बिरोध चयन हुनुभएको छ।

यस्तै सदस्य पदका लागि भने निर्वाचन नै हुने भएको छ। मोरङ्गमा सदस्य पदका लागि १६०जना हुने भएपनि ४०८जना आकांक्षी भएपछि निर्वाचन हुने भएको हो।