इटहरी/ सुनसरीको इटहरीस्थित मुख्य चोकमा तत्कालिन राजा बिरेन्द्रको शालिक राख्ने उद्घोष गरेको शिव सेना नेपाल सुनसरीले सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारीलाई राष्ट्रनिर्माता पृथ्बीनारायण शाहको तस्विर हस्तान्तरण गरेको छ। शिव सेना नेपाल सुनसरीले मंगलबार सहायक सिडिओ महेश पोख्रेललाई शाहको तस्विर हस्तान्तरण गरेको हो। yyyy

शिव सेना नेपाल सुनसरीले प्रदान गरेको शाहको पूर्ण कदको तस्विर सहायक प्रमुख जिल्ला अधिकारीको कार्याकक्षमा राखेको छ। cdo room

शिबसेनाले सम्पुर्ण सरकारी कार्यालयमा पृथ्वीनारायण शाहको तस्वीर राख्ने कामलाई निरन्तरता दिने सुनसरी अध्यक्ष हिरा आचार्यले बताउनुभयो।