काठमाण्डौ/ सरकारले गैरकानुनी रुपमा बढी शुल्क लिने मेडिकल कलेजलाई कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार बिज्ञप्ति जारी गर्दै यस्तो भनेको हो।

मन्त्रालयले गैरकानुनीरुपमा बिद्यार्थीबाट बढी शुल्क असुल गरिएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ बमोजिम कारबाही गर्ने चेतावनी दिएको हो। शिक्षा मन्त्रालयले जारी गरेको बिज्ञप्तिमा भनिएको छ। ‘केही मेडिकल कलेजहरुले चिकित्सा शिक्षा आयोगबाट निर्धारित शुल्क भन्दा बढी लिएको जनगुनासोप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ’ भनिएको छ। ministry-of-education

बिज्ञप्तीमा भनिएको छ ‘बिगतमा यस मन्त्रालय र गृह मन्त्रालयले समेत निर्धारित शुल्क भन्दा बढी रकम नलिन र लिइएको पाइए प्रचलित कानुन बमोजिम कारबाही हुनेछ’ बिज्ञप्तिमा भनिएको छ, ‘गैरकानुनीरुपमा विद्यार्थीबाट बढी शुल्क असुल गरिएमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५को दफा १४ बमोजिम कारबाही हुने व्यहोरा सर्वसाधारणमा यो सूचना प्रकाशित गरिएको छ।’

-न्युज कारखाना