इटहरी/ नेपाल शिक्षक संगठन इटहरी उपमहानगर कमिटिको दोश्रो अधिबेशनबाट मेदनकुमार घिमिरे सर्वसम्मत चयन हुनुभएको छ। बिहिबार भएको अधिबेशनबाट घिमिरे अध्यक्षमा सर्वसम्मत हुनुभएको हो।

यसैगरी कमिटिको उपाध्यक्षमा होमनाथ थपलिया र महिला उपाध्यक्षमा देवकुमारी राई सर्वसम्मत हुनुभएको हो। यस्तै कमिटिको सचिवमा मुकेशकुमार चौधरी यसैगरी सहसचिवमा सरिता गड्तौला चयन हुनुभएको छ। यस्तै कोषाध्यक्षमा देवराज नगरकोटी अनि सह–कोषाध्यक्षमा चारु पौडेल चयन हुनुभएको शिक्षक उमेश सुबेदीले पूर्वीखबरलाई बताउनुभयो। sichhak

यसैगरी कमिटिको सदस्यहरुमा वडा नम्बर १ बाट राजेन्द्र अधिकारी, वडा नम्बर २ बाट ठाकुर पुरी, वडा नम्बर ३बाट कृष्णप्रसाद शिवाकोटी, वडा नम्बर ४ बाट हरिशंकर घिमिरे, वडा नम्बर ५बाट भिमबहादुर श्रेष्ठ, वडा नम्बर ६बाट पशुपती चौधरी, वडा नम्बर ७ बाट पुष्पा काफ्ले, वडा नम्बर ८का रमादेवी कोईराला(पाण्डे), वडा नम्बर ९बाट सूर्यप्रसाद खतिवडा र वडा नम्बर १०बाट मनिता भगत चयन हुनुभएको छ।

त्यस्तै वडा नम्बर ११बाट बीर नारायण बिश्वास, वडा नम्बर १२बाट अनिला राई, वडा नम्बर १३बाट मिथिला नेपाल, वडा नम्बर १४बाट देबेन्द्र कार्की, वडा नम्बर १५बाट पर्शुराम चौधरी, वडा नम्बर १६बाट नरबहादुर मगर, वडा नम्बर १७ बाट राम बहादुर राई र वडा नम्बर १८बाट गोबिन्द कुमार चौधरी चयन हुनुभएको छ।

त्यसैगरी महिला सदस्यहरुमा निता गौतम, उर्मिला लिम्बु र हस्तमाया लिम्बु चयन हुनुभएको सुबेदीले बताउनुभयो।