सुनसरी/ सुनसरीको इटहरीस्थित पूर्वलाईनमा रहेको बेदान्त हस्पिटलले अप्रेशन सेवा बिस्तार गरेसँगै सेवाग्राहीको संख्यामा उल्लेख्य बृद्दि भएको छ। बेदान्तमा माइनर तथा मेजर अपरेसन शुरु गरेपछी शल्यक्रियाका लागि बिरामीहरु बढेका हुन्।

बरिष्ठ हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ डा.रोविन श्रेष्ठ र डा.धिराज सिंहसहित टिम र बरिष्ठ सर्जरी बिशेषज्ञमा डा.रबि सिंह र डा.सुमित अग्रवालले अप्रेसन सेवा प्रदान गर्न शुरु गरेको बेदान्त हस्पिटलका प्रबन्ध निर्देशक ईन्द्र श्रेष्ठ जानकारी दिएका छन्।

प्रबन्ध निर्देशक श्रेष्ठले बरिष्ठ हाडजोर्नी तथा नशा रोग सम्बन्धि बिशेषज्ञद्वारा C-arm machine प्रबिधीबाट भाँचिएको हड्डिहरुमा स्टिल वा के–वार राखी अप्रेसन गरिने बताएका छन्। श्रेष्ठले हात खुट्टा भाँचिएको, हात वा खुट्टामा सिन्का बिजेको र मासु पलाएको नङ गाडिएको अप्रेसन गरिने बताएका छन्।

प्रवन्ध निर्देशक श्रेष्ठले बरिष्ठ सर्जरी सम्बन्धी बिशेषज्ञ डाक्टर रबिन सिंह र डा. सुमित अग्रवालद्वारा एपेन्डिक्स, हाइड्रोसिल, हर्निया, फिस्टुला, अन्डकोशमा पानी जमेको, स्तनमा घाउ भएको, पिलो, कान चुडिएको, लिङ्गको छाला नफर्केको, लिङ्गको छाला काट्नेलगायतका अप्रेशन गरिने बताएका छन्।

यस्तै हस्पिटलमा दैनिक रुपमा(बरिष्ठ फेमिली फिजिसियन, बाल तथा नबजात शिशु रोग, स्त्री तथा प्रसुती रोग, छाला तथा यौन रोग, भिडियो एक्सरे सेवा र २४सै घन्टा एमबिबिएस डाक्टरद्वारा इमर्जेन्सी सेवा उपलब्ध रहेको प्रबन्ध निर्देशक श्रेष्ठले बताएका छन्।