इटहरी/ शिवसेना नेपाल सुनसरीले मदिरा, चुरोट एवं सुर्तीजन्य पदार्थको प्रर्वधन एवं बिज्ञापनमा कडाई गर्न जिल्ला प्रशासन कार्यालय सुनसरी समक्ष माग गरेको छ । शिव सेना नेपाल सुनसरीका अध्यक्ष हिरा आचार्यको नेतृत्वमा गएको टोलीले सहायक प्रमुख जिल्ला अधिकारी महेश पोख्रेललाई ध्यानाकर्षण पत्र बुझाउँदै यस्तो माग गरेको हो।

शिव सेना नेपाल सुनसरीले बुझाएको ध्यानाकर्षण पत्रमा सार्वजनिक स्थानहरुमा मदिरा, चुरोट तथा सुर्तीजन्य पदार्थको बिज्ञापन गर्न प्रवर्धन गर्न नपाईने जान्दाजान्दै पनि सार्वजनिक स्थानहरुमा यसको बिज्ञापन गरिरहेको पाईएको हुँदा यसमा आँफुहरुको ध्यानाकर्षण भएको जनाएको छ। rrrrr

ध्यानाकर्षण पत्रमा सामाजिक रुपमा मदिरा, सुर्तीजन्य पदार्थहरुको खुल्ला रुपमा बिज्ञापन गरिरहँदा यसले समाजलाई पर्ने असर बारे अवगत हुँदाहुँदै बिज्ञापन नियमन गर्ने ऐन, २०७६ को दफा ५ को उपदफा १ (छ) को प्रचलित कानुनले बिज्ञापन गर्न नहुने व्यवस्था गरेको हुँदा सो ऐन बमोजिम यस्ता बिज्ञापनलाई कानुनी दायरामा ल्याई तत्काल यस्ता होडिङ्ग बोर्डहरु र बिभिन्न माध्यमबाट सञ्चालित विज्ञापनलाई रोक लगाउन अनुरोध गरिएको छ।

साथै ध्यानाकर्षण पत्रमा यस्ता बिजापनहरु नहटाए शिवसेना नेपाल सुनसरीले आफै हटाउने जानकारी पनि गराएको छ।