बराहक्षेत्र/ सुनसरीको बराहक्षेत्र ७ ढिकझोडा सोमबारेमा अवस्थित सामुदायीक बिद्यालय बसन्तऋतु मा.बि.पछिल्लो समय धेरैको रोजाईमा परेको सामुदायिक बिद्यालय हो।

बिद्यालयले आफ्ना बिद्यार्थीलाई पढाईसँगै अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै अगाडी सारिरहेको छ। यसै शिलशिलाका सोमबार बिद्यालयले ट्राफिक नियम सम्बन्धि जनचेतनामुलक कार्यक्रम गरेको बिद्यालयका सूचना अधिकारी सुमन बिकलले जनाउनुभयो।

शिक्षक लेखु न्यौपानेले स्वागत मन्तब्य राखेर शुरु गरिएको कार्यक्रममा प्रधानाध्यापक प्रकाश पोखरेलले बिद्यालयलाई अगाडी बढाउन जस्तोसुकै कठिनाई आएपनी पछि नहट्ने बताउनुभयो। पछिल्लो समय बिद्यालयमा कार्यरत शिक्षकको कामबाट निकै नै सन्तुष्ट भएको भन्दै पोखरेल सन्तुष्ठि ब्यक्त गर्नुभयो।

सुचना अधिकारी बिकलको संयोजकत्वमा भएको कार्यक्रममा ट्राफिक प्रहरी जवान देबराज बिष्टले सहजीकरण गर्नुभएको थियो । सोमबारको ट्राफिक जनचेतनामुलक कार्यक्रमबाट बिद्यार्थीहरु निकै खुशी भएको भन्दै शिक्षक रुपा तामाङले खुसी ब्यक्र गर्नुभयो।

बिद्यालयमा युवा शिक्षकको संख्या बढ्दै गएसँगै उनिहरुको सकृयताले बिद्यालयले गति लिँदै बिद्यालयले पनि मुहार फेर्दै गएको र बिद्यार्थी पनि निजि बिद्यालयबाट आउने क्रममा उल्लेख्य बृद्दि भएको शिक्षकद्वय जानुका आचार्य र सृजना पौडेलको कथन छ।

बिद्यालयका शिक्षक हिमा बिश्वकर्मा, फणिन्द्र पौडेल र सुमन बिकलले आफ्ना सन्तानलाई आँफुनै अध्यापनरत बिद्यालयमा भर्ना गरेको प्रति अन्य अभिभावक समेत निकै उत्साहित भएको बिद्यालयका प्रधानाध्यापक पोखरेलले बताउनुभएको छ।