इटहरी/ तालतलैया बिकास तथा संरक्षण समिति इटहरीको आठौ साधारण सभा अन्तरगत शनिबार भएको मतदानबाट लक्ष्मीप्रसाद खनाल निर्वाचित भएका छन्। खनाल ४७मतका साथ बिजयी भएका हुन्।

नेकपा एमाले नेतृत्वको प्यानलले तालतलैया बिकास समितिमा आफु इतरको प्यानललाई पराजित गर्दै बिजयी भएको हो। यसैगरी उपाध्यक्षमा कमलकुमार राई ५१मत प्राप्त गर्दै बिजयी भएका छन्।

यस्तै समितिको महासचिवमा ५२मतका साथ कमल सुन्दास निर्वाचित भएका छन्। यसैगरी कोषाध्यक्षमा ५४मतका साथ निरकुमार श्रेष्ठ निर्वाचित भएका छन्। यस्तै सचिवमा ४८मतका साथ कृष्णप्रसाद दंगाल निर्वाचित भएका छन्।

यसैगरी खुल्ला सदस्यहरुमा ५२मतका साथ बालकुमार राई, ५०मतका साथ निरञ्जन गिरी, ४९मतका साथ देवराज मादेन, ५१मतका साथ बिनोदकुमार कार्की, ४९मतका साथ कालिबहादुर लिम्बु, ४०मतका साथ चन्द्रबहादुर कटुवाल निर्वाचित भएका छन्।

यसैगरी महिला सदस्यहरुमा मुना गुरागाँई(तामाङ्ग), गिता सुबेदी, घनमाया थापा (पाण्डे),गोमामाया तामाङ्ग र अनिलकुमारी राई निर्वाचित भएका छन्। यसैगरी लेखा संयोजकमा युगप्रिय निरौला र लेखा सदस्यहरुमा होमनाथ नेपाल र मदनप्रसाद शर्मा निर्वाचित भएका छन्।