इटहरी/ झट्ट हेर्दा नपत्याउँदो उमेर, शंका गर्ने कुरै नगरुम, उमेर हेर्दा शंका गर्ने आधारै छैन, बृद्दावस्थामा गरेर खाएको भन्दै तारिफै तारिफ । तर अहिले बृद्दाको काम थाहा पाएपछि सबैजना अवाक भएका छन्।

घटना हो उहि पौष २गतेको । अपरान्ह साढे तीन बजेतिर इटहरी ४ मा रहेको पूर्व बसस्टेण्डमा ब्राउनसुगरको बिक्री हुँदै गरेको सुचना इटहरी प्रहरीलाई आउँछ । बसस्टेण्डमा रहेको ठेलागाडामा ६५ बर्षीया बृद्दा तुलसा श्रेष्ठले सञ्चालन गरेको चिया पसलमा ब्राउनसुगर( खैरो हिरोईन) बिक्री गर्दै गरेको गोप्य सुचनाको आधारमा प्रहरी खटिँदा कारोबारको कन्फर्म भएपछि प्रहरीले बृद्दालाई नियन्त्रणमा लिन्छ।

यसपछि नियन्त्रणमा लिएर बृद्दाको खानतलासी गर्दा प्रहरीले श्रेष्ठले लगाएको स्वेटरको गोजीबाट प्लाष्टिकसहित १ ग्राम ४४ मिलिग्राम र प्लाष्टिक बाहेक ५८ मिलिग्राम ब्राउनसुगर फेला पर्दछ।

बृद्दा हुन्छिन तेह्रथुमको म्याङलुङ ३ घर भएर इटहरी ४ गैरीगाँउमा कोठा भाडामा लिएर बस्दै आएकी ६५ बर्षीया तुलसा श्रेष्ठ । श्रेष्ठको साथबाट ब्राउनसुगर बरामद भएपछि श्रेष्ठलाई नियन्त्रणमा लिएर सुनसरी जिल्ला अदालतबाट लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम ७दिनको म्याद थप गरेर बिस्तृत अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय इटहरीका सुचना अधिकृत प्रहरी निरिक्षक गणेश प्रसाद भट्टराईले जानकारी दिनुभयो।