झापा/ झापाको बिर्तामोडमा अत्याधुनिक उपकरणसहित सञ्चालनमा आएको निशा एड्भान्स अल्ट्रासाउण्ड एण्ड डाइग्नोष्टिक क्लिनिकले निःशन्तान दम्पत्तिहरुलाई लक्षित गर्दै स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ। प्रजनन् सम्बन्धी आधुनिक चिकित्सामा सर्वसाधारणको पहुँच पु¥याउन पुष १० गते शनिवार शिविर सञ्चालन गरिने भएको हो।

शिविरमा वरिष्ठ प्रजनन् तथा स्त्रीरोग विशेषज्ञ डा.आकृति भारतीले सेवाग्राहीको स्वास्थ्य जाँच गर्दै प्रजनन् अवस्था सम्बन्धी जानकारी दिने र सम्भाबित उपचार विधिबारे जानकारी गराउने बताइएको छ । निःशन्तान दम्पत्तिको स्वास्थ्य जाँच पछि आईभीएफ नै गर्नुपर्ने भएमा समेत सेवा प्रदान गरिने बताइएको छ।

डा भारती प्रजनन् विज्ञ भएकाले निःसन्तान दम्पत्तिलाई झापाबाटै सेवा लिन निशा एड्भान्स अल्ट्रासाउण्ड एण्ड डाइग्नोष्टिक क्लिनिककी सञ्चालक निशा गुप्ताले आग्रह गरेकी छिन्। निःसन्तान सम्बन्धि संकुचित सोच, मिथ्या धारणा, कुण्ठा आदिका बारेमा रचनात्मक रुपमा जनचेतना फैलाउँदै झापासहित देशका बिभिन्न शहर पोखरा, नेपालगञ्ज र जनकपुरमा समेत शिविरको आयोजना गरिएको बताइएको छ।

प्रजनन् उपचार विधिमा वात्सल्य नेचुरल आईभीएफले यसअघि सञ्चालन गरेका शिविरबाट आईभीएफ सफलता दर ७० प्रतिशतसम्म हासिल गर्न सफल भएको वात्सल्य नेचुरलको तथ्याङ्कमा उल्लेख छ।

के हो आइभीएफ ?
प्रजनन् बिज्ञ डा भारतीका अनुसार यौन सम्पर्कका बेला पुरुषको शुक्रकिट महिलाको डिम्बसँग निषेचित हुन्छ र गर्भाशयमा गएर स्थापित हुँदा गर्भ बस्छ । यसरी प्राकृतिक रुपमा गर्भधारण हुन नसक्ने अबस्थामा कृतिम विधि अपनाइन्छ । जसअन्तरगत महिलाबाट निकालिएको डिम्ब र पुरुषबाट निकालिएको शुक्रकिटलाई बाह्यरुपमा निषेचित गराइन्छ । यस निषेचितको कृतिम प्रक्रियालाई नै आइभीएफ वा टेस्ट ट्युव वेवी भनिन्छ।

कसरी गरिन्छ आइभीएफ ?
आइभीएफ शल्यक्रिया बिना नै उपचार गर्न सकिने बताइएको छ । प्रजनन् विज्ञ डा भारतीका अनुसार महिलाको महिनावारीको चक्रसँगै यो विधिको शुरुवात हुन्छ। महिलाको डिम्वको उत्पादन सामान्यभन्दा बढी गराउनु र पुरुषको शुक्राणुलाई प्रभावकारी बनाउन औषधि सेवन गराइन्छ।

बिशेष विधिबाट महिलाबाट डिम्ब र पुरुषबाट शुक्रकिट संकलन गर्ने र पेट्रीडीसको मद्दतले डिम्बहरुलाई शुक्रकिटसँग निषेचित गराइने बताएको छ। निषेचित भ्रुणलाई त्यसपछि इन्क्युवेटरमा राखेर परिपक्क बनाइने गरिन्छ । यसरी परिपक्क भएको भ्रुणलाई पुनः महिलाको गर्भाशयमा स्थानान्तरण गर्दै आइभीएफ गरिने बताइएको छ।

बच्चा नहुने कारण ?
महिलामा पाठेघरमा संक्रमण हुनु, यौनजन्य रोग हुनु र थाइराइड हुनुले समेत बच्चा नहुने बताइएको छ। त्यस्तै डिम्वासयबाट अण्डा नबस्नु, पुरुषको स्पर्म कम हुनु वा हुँदै नहुनु, यौनजन्य रोग लाग्नु र ढिलो गरी विवाह गर्नु र बढी उमेरमा पनि बच्चा नहुने सम्भावना बढी रहने डा भारतीले बताएकी छन्।

निशा एड्भान्स अल्ट्रासाउण्ड एण्ड डाइग्नोष्टिक क्लिनिकमा मेची अञ्चल अस्पतालका बरिष्ट रेडियोलोजिष्ट डा सञ्जयकुमार गुप्ताको दैनिक सेवा रहेको र पूर्वमै पहिलो पटक फोरडी भिडियो एक्स–रे सेवा प्रदान गरिदै आएको बताइएको छ। यहाँबाट अन्य विशेषज्ञ डाक्टरहरुको समेत दैनिक सेवा र उच्चस्तरीय ल्यावको समेत समेत प्रदान गरिँदै आएको क्लिनिक सञ्चालक गुप्ताले बताइन्।