इटहरी/ परमेश्वरको मण्डली बिश्व सुसमाचार समाज इटहरीले सञ्चालन गरेको रक्तदान कार्यक्रममा १२५जनाले रक्तदान गरेका छन्। आईतबार इटहरी रंगशालामा सञ्चालित रक्तदानमा ७९जना पुरुष र ४६जना महिलाले रक्तदान गरेका हुन्।

आईतबार बिहान भएको कार्यक्रममा समाजमा आवद्द बिभिन्न ब्यक्तित्वहरुको सहभागिता थियो। इटहरी ९का अध्यक्ष भुपेन्द्र बरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिश्व सुसमाचार समाज इटहरीका सदस्यहहरुको उल्लेख्य सहभागिता थियो।

इटहरी ३ मा रहेर बिभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बिश्व सुसमाचार समाजले इटहरी एवं वरपरका स्थानमा बिभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ। IMG_2377 IMG_2374 IMG_2378 IMG_2376