इटहरी/ सुनसरीको इटहरीमा यहि पौष १७ गते ‘कालो केसमा रेलीमै’, ‘पछ्यौरी च्यातियो तिमिले तानेर’, ‘कहिले भेट्ने खै’, ‘हेर्दा राम्रो माछापुच्छ्रे’ लगायतका गितहरु गुञ्जिने भएका छन्। अंग्रेजी नयाँ बर्षको अवसर पारेर ग्यालरी इभेन्ट्स म्यानेजमेन्टले आयोजना गरेको कार्यक्रममा यि गितहरु गुञ्जिने भएका हुन्।

‘कालो केसमा रेलीमै’का गायक दिनेश ढकाल, ‘पछ्यौरी च्यातियो तिमिले तानेर’का गितका गायक प्रकाश सुपुत, ‘कहिले भेट्ने खै’का गायक अल्मोडा राना उप्रेती, ‘हेर्दा राम्रो माछापुच्छे«’ का गायक धर्मेन्द्र सेवानले आफ्नो प्रस्तुती प्रस्तुत गर्न इटहरी आउन लागेका हुन्।

ग्यालरी इभेन्ट्स म्यानेजमेन्ट प्रालिले अंग्रेजी नयाँ बर्षको अवसर पारेर इटहरीमा रिफ्रेस नाइट नामको कन्सर्ट गर्न लागेको हो। पुष १७गते इटहरी रङ्गशालामा हुने सांगितिक कार्यक्रम हुने कार्यक्रम संयोजक बिजय गिरीले बताएका छन्।

कार्यक्रम संयोजक गिरीले इटहरीमा चर्चित बिहानी डान्स सेन्टर इटहरीको पनि प्रस्तुति रहने जनाएका छन्। कार्यक्रमका लागि प्रवेश शुल्क २५० रुपैयाँ राखिएको छ भने भिआईपि पासको लागि १ हजार रुपैया टिकट निर्धारण गरिएको छ । कार्यक्रमका लागि ८ लाख खर्च लाग्ने आयोजकले अनुमान गरेको छ।

यस्तै कार्यक्रमबाट बचेको रकम इटहरीमा मानसिक रोगीहरूलाई समेत संरक्षण गर्दै आएको माया घर नेपाललाई सहयोग गर्ने ग्यालेरी इभेन्ट्सका अध्यक्ष अजय रामले जानकारी दिएका छन्।

कोरोनाको जोखिमलाई मध्यनजर राख्दै कन्सर्टमा सहभागी हुन आउने दर्शकहरुले अनिवार्य रुपमा मास्क प्रयोग गर्न कार्यक्रम आयोजकले जनाएको छ। कार्यक्रमलाई अझै प्रचारप्रसारमा ब्यापक बनाउन टिकटकमा रुचाईएका टिकटकरलाई पनि सहभागी गराईएको छ।