इटहरी/ इटहरीका शैक्षिक उद्यमी हरि आचार्यले लेखेको अनि निर्माण गरेको म्युजिक भिडियो मंगलबार सार्वजनिक गरिएको छ। म्युजिक भिडियोलाई प्रदेश एकका सामाजिक बिकास मन्त्री जयराम यादवले सार्वजनिक गरेका हुन्।

इटहरीस्थित कञ्चनजंगा बोर्डिङ्ग स्कुलका सञ्चालक एवं प्रिन्सिपल समेत रहेका आचार्यले लेखेको र अञ्जु पन्तको स्वरमा सजिएको ‘असैह्य भयो पिडा मेरो मुटु झिकी फ्याली दिउँकी’ गितको भिडियोलाई मन्त्री यादवले क्लिक गरेर मंगलबार आयोजित कार्यक्रममा सार्वजनिक गरेका हुन्।

आर्चाय आँफैले निर्माण गरेको म्युजिक भिडियोको निर्देशन चर्चित निर्देशक नवल नेपालले गरेका छन्। गितमा संगित र संगित संयोजन बिशाल निरौलाले गरेका छन्। मदन काश्यप घिमिरेले छायांकन गरेको भिडियोको सम्पादन तथा रङ्ग संयोजन नवीन निरौलाले गरेका छन्।

म्युजिक भिडियोमा कलाकारहरु माधव केसी, लाजिना सुबेदी, सिम्रन कार्की, बाल कलाकारहरु हेस्परस आचार्य, सञ्चित भट्टराई, गितकार आचार्यलगायतको अभिनय हेर्न सकिने छ।

हेर्नुहोस भिडियो :