इटहरी/ इलाका प्रहरी कार्यालय इटहरी प्राकृतिक श्रोतको दोहन बिरुद्द आक्रामक बनेको छ। यसैक्रममा शुक्रबार प्रहरीले अबैध रुपमा बालुवा गिट्टी चोरी गर्ने ७वटा ट्याक्टर नियन्त्रणमा लिएको हो।

शुक्रबार बिहान बुढीखोलाबाट अबैध रुपमा बालुवा गिट्टी ढुङ्गा चोरी गर्दै गरेका को २ त ६६२६, को १ त ६०५९, को १ त ९३४९, को १ त ५१८७ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको छ। यस्तै को २ त ४५०, को १ त ६२४२ र को २ त ७४६० नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

गिट्टी ढुङ्गा चोर्दै गरेको बेला नियन्त्रणमा लिएका ट्याक्टरहरु बालुवा गिट्टी ढुङ्गा सहित आवश्यक कारबाहीको लागि ईटहरी उप–महानगरपालिकाको कार्यालयमा पठाएको प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काले बताउनुभयो।

प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काले प्राकृतिक श्रोतको अवैध दोहन गर्नेहरु प्रहरी कठोर बन्ने भन्दै यस्तालाई कारबाहीको दाउरामा ल्याएरै छाड्ने प्रतिबद्दता समेत जनाउनुभएको छ।