इटहरी/ निर्माण व्यवसायी संघ इलामको २० औं साधारणसभाका सहभागीहरुको निशुल्क दुर्घटना बीमा गरिएको छ । बन्धन सिमेन्टले साधारणसभामा सहभागीमध्ये ८० जनाको ५ लाखको दुर्घटना बिमा गरिदिएको हो ।

२२० जना सहभागी कार्यक्रममा विवरण पुगेका ८० जनाको बीमा गरिएको हो । कार्यक्रममा सहभागी सम्पूर्ण इच्छुक व्यक्तिको बिमा गरिने बन्धन सिमेन्ट उत्पादक नेपाल अल्ट्राटेक सिमेन्ट प्रालिका ब्राण्ड म्यानेजर अर्जुन पौडेलले जानकारी दिएका छन्।

यसअघि पनि सो कम्पनिले श्रम क्षेत्रमा सकृय मजदुर तथा कर्मचारीहरुको बिमा गरिदिने गरेको थियो । मजदुरहरुलाई भईपरी आउने दुर्घटना तथा जोखिमबाट हुने क्षती न्युनिकरणका लागि कम्पनिले आफ्नो सामाजिक दायित्व निर्वाह गर्न बिमा गरिदिने गरेको पौडेलले बताएका छन्। शिखर इन्स्योरेन्ससँगको सहकार्यमा कम्पनिले मजदुरहरुको बिमा गर्ने गरेको छ ।

बन्धन सिमेन्ट बिराटनगरमा मुख्य कार्यालय रहेको नेपालकै अत्याधुनिक जर्मन प्रविधिमा आधारित गुणस्तरीय सिमेन्ट हो । पटक पटकको ल्याब परिक्षणपछि मात्र सिमेन्टको अन्तिम प्याकेजिङ गरिन्छ । कम्पनिले यसअघि पनि सुनसरी तथा मोरङका बिभिन्न ठाउँमा भवन निर्माणसम्बन्धि सचेतनामुलक कार्यक्रमहरु गरिसकेको छ ।