इटहरी/ नेकपा एमालेको उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सुवास नेम्बाङ, बिष्णु पौडेल, युवराज ज्ञवाली र रामबहादुर थापा निर्वाचित भएका छन्। मंगलबार भएको मतदानबाट शाक्य, पाण्डे, नेम्बाङ, पौडेल, ज्ञवाली र थापा उपाध्यक्षमा निर्वाचित भएका हुन्।

नेकपा एमालेको बिधान अनुसार उपाध्यक्षमा ६ जना रहने ब्यवस्था भएपनि उपाध्यक्षमा ७जना आकांक्षी देखिएपछि मतदान भएको हो। मतदानबाट घनश्याम भुषाल बाहिरिएका छन्।

उपाध्यक्षका लागि अष्टलक्ष्मी शाक्यले १हजार ९सय ७६मत, सुरेन्द्र पाण्डेले १हजार ९सय २५मत, सुवास नेम्बाङले एक हजार ८सय ६५, बिष्णु पौडेलले एकहजार ८सय ५६, युवराज ज्ञवालीले १हजार ८सय ४२ र माओबादी छोडेर एमाले मै रहेका रामबहादुर थापाले १हजार ७सय ६८ मत प्राप्त गरेका छन्। यस्तै उपाध्यक्षमा पराजित भएका घनश्याम भुषालले ७ सय २५मत प्राप्त गरेका छन्।

मत परिणामको औपचारिक जानकारी भने आउन बाँकी नै छ।