इटहरी/ इटहरीका शैक्षिक उद्यमी हरि आचार्यले लेखेको अनि निर्माण गरेको म्युजिक भिडियोको सुटिङ्ग सकिएको छ। म्युजिक भिडियोको पुर्वका बिभिन्न स्थानमा छायांकन गरिएको हो।

इटहरीस्थित कञ्चनजंगा बोर्डिङ्ग स्कुलका सञ्चालक एवं प्रिन्सिपल समेत रहेका आचार्यले लेखेको र अञ्जु पन्तको स्वरमा सजिएको ‘असैह्य भयो पिडा मेरो मुटु झिकी फ्याली दिउँकी’ गितको भिडियो मंसिर पहिलो साता रिलिज गरिने भएको छ। म्युजिक भिडियोलाई आर्चाय आँफैले निर्माण गरेका हुन भने म्युजिक भिडियोको निर्देशन चर्चित निर्देशक नवल नेपालले गरेका छन्। ssss

गितमा संगित र संगित संयोजन बिशाल निरौलाले गरेका छन्। यस्तै भिडियोको छायांकन मदन काश्यप घिमिरेले गरेका छन् भने भिडियोको सम्पादन तथा रङ्ग संयोजन नवीन निरौलाले गरेका छन्। tttt

म्युजिक भिडियोमा बाल कलाकारहरु हेस्पिरस आचार्य, सञ्चित भट्टराई, कलाकारहरु माधव केसी, लाजिना सुबेदी, सिम्रन कार्कीलगायतको अभिनय हेर्न सकिने छ। qqqq