इक्‍वेडरको एक जेलमा विरोधी समूहबीच फेरी भिडन्त, ६८ जना कैदीबन्दीको मृत्यु

  • न्युजडेस्क
  • प्रकाशित मिति: कार्तिक २८, २०७८

एजेन्सी/ इक्‍वेडरको जेलमा विरोधी समूह बीच भएको भिडन्तमा परी ६८ जना कैदीबन्दीको मृत्यु भएको छ। घटनामा कयौं घाइते भएका छन्। गत सेप्टेम्बर यता मात्रै यस्तै भिडन्तमा परी १ सय जनाभन्दा बढी कैदीहरुको मृत्यु भइसकेको अधिकारीहरुले जनाएका छन्।

शुक्रबार साँझमा ग्वायाकिल शहरको एक जेलमा बिरोधी ग्याङबीच दंगा भएको थियो। दंगा नियन्त्रणका लागि जेलभित्र पसेको प्रहरी टोलीले बन्दुक तथा विष्फोटक पदार्थ भेटिएको जनाएको छ।

यस वर्ष मात्रै इक्वेडरका विभिन्न जेलमा भएको झडपमा परी ३ सय जनाभन्दा बढी कैदी बन्दीको मृत्यु भएको छ। गत सेप्टेम्बर मा भएको भिडन्त इक्वेडरकै इतिहासमा सबैभन्दा खतरनाक रहेको थियो।

विभिन्न समूहका कैदीबन्दीले जेलभित्रै प्वाल पारेर एक आपसमा समन्वय गरी आक्रमण गरेका थिए। सो घटनामा सयौं जेल अधिकारी तथा सैनिक जवान समेत मारिएका थिए।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / advt.purbikhabar@gmail.com

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved