काठमाण्डौ/ नेपाल प्रहरीका ९५जना प्रहरी नायब उपरीक्षक (डीएसपी)को सरुवा भएको छ। बिहीबार प्रहरी प्रधान कार्यालयले उनीहरुको सरुवा गरेको हो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले मंसिर महिनाको तलब भत्ता समेत सरुवा भएको दरबन्दीबाट खान पाउनेगरि ९५जना डिएसपीहरुको सरुवा गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

यसैबीच इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत अर्जुन केसीको सरुवा नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेपलाञ्चोक बनेपास्थित मानव श्रोत ब्यवस्थापन शाखामा सरुवा भएको छ। यसैगरी इटहरीमा यसअघि प्रहरी निरिक्षक(इन्सपेक्टर) छँदा काम गरिसकेका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्का २ नम्बर शशस्त्र प्रहरी गण मुख्यालय जनकपुरबाट आउने भएका छन्।

त्यस्तै यसअघि इटहरी बसेर तत्कालिन समयमा इटहरीमा ब्याप्त बेश्याबृत्तिको जरो उखेलेका प्रनाउ बिनोद शर्मा एक नम्बर प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरबाट गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, प्रहरी नायव महानिरीक्षकको सचिवालयमा सरुवा भएको छ।