इटहरी/ हिन्दु नेपालीको महान चाड दशैको अवसरमा तरहरास्थित कोरियन चोकमा सञ्चालन भएको ब्याडमिन्टन प्रतियोगितामा भूपू भारतीय सेना जयबहादुर खड्का र भारतीय सेनाका सुविदार मेजर हनेरी क्याप्टेन पदमबहादुर राईको टिम बिजयी भएका छन ।

फाईनल खेलमा पत्रकार धनबहादुर पुरी र भूपू भारतीय सेना विकास गुरुङलाई हराउँदै राई र खड्काको टिम बिजयी बनेको थियो । पुरी र गुरुङको टिमलाई सोझो सेटमा हराउँदै पदम र जयले उपाधी चुमे भने पुरी र गुरुङको टिमले उपबिजेतामै चित्त बुझाउनु परेको हो।

भारतीय सेनाका सुविदार मेजर हनेरी क्याप्टेन दिलप्रसाद राई र नेपाली काँग्रेस सुनसरीका सह सचिव नगेशचन्द्र राईको टिम पहिलो खेलबाटै आउट भए । त्यस्तै भारतीय सेनाका सुविदारद्धय भुमि राई र यामबहादुर राईको टिमले पनि पहिलो एक खेलमा चित्त बुझाएर बाहिरिए।

प्रतियोगितामा नेपाल सरकारका नायब सुब्बाद्धय सञ्जिव खड्का र चन्द बस्नेतको टिम बाईमा परेर पनि उत्कृष्ट खेल प्रर्दशन गर्न नसक्दा पहिलो खेलबाटै आउट भए । प्रतियोगितामा भाग लिएका ५ टिम मध्ये बलियो मानिएको सुब्बाद्धयको टिमले हार बेहोर्नु परेको थियो । badd

कार्यक्रमका प्रमुख अतिथि भारतीय सेनाका पूर्व सुविदार मेजर तथा सयुक्त भूपू एवं प्रहरी कल्याणकारी महासंघ नेपालका प्रदेश १ को प्रमुख के के राई थिए । प्रमुख अतिथि राईले ब्याडमिन्टन खेलले बुढेसकालमा जोस जागर बढाउँने भन्दै यस्ता प्रतियोगिताले उत्साहित तुल्याउने बताए । अतिथि खेलाडीमा कौशिला राई थिईन । यसअघि पनि बिभिन्न चाडपर्वको अवसरमा तरहरामा प्रतियोगिताहरु सञ्चालन हुँदै आएका छन।