झापा/ गौरादहको बजारैमा माया हाम्रो बस्यो कसो गरि भुल्ने होला मन उडि गयो यो गितका गायक सिताराम ताजपुरिया बुधबार झापामा सम्मानित हुनुभएको छ। ताजपुरिया कला सँस्कृती बिकास समितिको तेश्रो बार्षिक उत्सबका अवसरमा तारपुरियालाई सम्मान गरिएको हो।

झापाको गौरादह नगरपालिका वडा नम्बर १ स्थित ताजपुरिया समाज कल्याण परिषदको केन्द्रिय कार्यालयमा बुधबार भएको कार्यक्रममा गायक ताजपुरियालाई दोसल्ला ओडाएर, नगद र सम्मान पत्रले सम्मानित गरिएको थियो। यस्तै ताजपुरिया कला संस्कृती बिकास समितिका सल्लाहकार स्व.भविशचन्द्र ताजपुरियालाई मृत्युपर्यन्त सम्मान गरिएको छ। Tajpuriya News

कार्यक्रममा ताजपुरिया समाज कल्याण परिषदका महासचिव पर्शुराम ताजपुरियाले समितीको बार्षिकोत्सवको अवसरमा प्रगतिको शुभकामना ब्यक्त गर्दै २०७८ सालको जनगणनामा आफ्नो पहिचान जात, भाषा, धर्म सम्पुर्ण जानकारी गणकलाई जानकारी गराउँदै राष्ट्रिय जनगणनामा सबै ताजपुरिया समुदायलाई सामेल भएर जनगणना सफल बनाउन अनुरोध गर्नुभयो। उहाँले राष्ट्रिय जनगणनामा जात ताजपुरिया, भाषा ताजपुरिया, धर्म प्रकृति पुजक लेखाउन समेत आग्रह गर्नुभयो।

कार्यक्रममा समितिका अध्यक्ष चन्द्र प्रसाद ताजपुरियाले बार्षिकोत्सवको अवसरमा शुभकामना एवं बधाई दिनुभयो। उहाँले समितिको बर्षभरिको प्रगती बिवरण प्रस्तुत गर्दै, आउँदा दिनहरुमा समितिले देश बिदेशमा रहेका ताजपुरिया कला गला र समग्र संगीत प्रेमिहरुलाई एक ढिक्का गरि उन्नतिको मार्गमा लाने बताउनुभयो ।

कार्यक्रममा ताजपुरिया समाज कल्याण परिषदका महासचिव पर्शुराम ताजपुरिया प्रमुख अतिथी हुनुहुन्थ्यो भने समितिका अध्यक्ष चन्द्र प्रसाद ताजपुरिया सभापति र ताजपुरिया कला संस्कृती बिकास समिती प्रवासी मञ्चका अध्यक्ष रविलाल ताजपुरिया बिशेष अतिथि हुनुहुन्थ्यो।

समितिका बरिष्ठ उपाध्यक्ष राजकुमार ताजपुरिया र प्रवासी मञ्चका अध्यक्ष रविलाल ताजपुरियाले स्वागत मन्तव्य राखेको कार्यक्रमलाई समितिका सचिव खेमराज ताजपुरियाले सञ्चालन गर्नुभएको थियो । यस्तै कार्यक्रममा ताजपुरिया भाषाकी लोक गायिका लक्ष्मी ताजपुरिया, समितिका सल्लाहकार पुर्ण प्रसाद ताजपुरिया, बरिष्ठ उपाध्यक्ष राजकुमार ताजपुरिया र कोषाध्यक्ष प्रभादेवी ताजपुरिया अतिथी हुनुहुन्थ्यो।

हेर्नुहोस सिताराम ताजपुरियाले गाउनुभएको यो गित :