सुन्दरहरैँचा/ सुन्दरहरैँचा निवासी कांग्रेस नेता देवराज तामाङको ब्यक्तिगत खर्चबाट सुन्दरहरैँचा ६मा सार्वजनिक बाटोको मर्मत गरिएको छ। तामाङको निजी खर्चमा सुन्दरपुर डाँगी याङ्गशिला सडक अन्तरगत सुन्दरहरैँचा ६मा आसामे चौकदेखि डिपु हुँदै कालिबुढी सम्मको सडकको मर्मत गरिएको हो।

सुन्दरपुर डाँगी याङ्गशिला सडक अन्तरगत सुन्दरहरैँचा ६मा आसामे चौकदेखि डिपु हुँदै कालिबुढी सम्मको बाटो बर्षदका कारण अत्यन्तै खराव भएर यातायात सञ्चालन गर्न एवं हिडडुल गर्न नै समस्या भईरहेको बेला तामाङ्गको आर्थिक सहयोगमा बिहिबार ममर्त गरिएको हो।

सडकमा समस्या भएपनि वडापालिका एवं र नगरपालिकाले वेवास्ता नगरेको भन्दै डिपु, ज्योति एवं सुर्योदय टोल बिकास सँस्थाको अनुरोधमा कांग्रेस नेता देबराज तामाङले ब्यक्तिगत सहयोग स्वरुप मिक्सगिट्टी झारेर जेसीबिले सम्याउँदै खाल्डाखुल्डी पुर्न सहयोग गर्नुभएको स्थानीय सुमन याख्खाले सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ।

नेता तामाङ्ग अहिले नेपाली कांग्रेस क्षेत्र नम्बर ६को क्षेत्रीय सभापतिको उम्मेद्वार हुनुुहुन्छ।