पथरी/ उद्योग बाणिज्य संघ पथरीका अध्यक्ष धनकुमार तामाङले नेपाली कांग्रेसको कृयाशिल सदस्यता अनि क्षेत्रीय प्रतिनिधी त्याग गरेका छन्। तामाङ्गले आईतबार राती सामाजिक सञ्जाल फेसबुकमा कांग्रेस त्यागेको संकेत गरेका हुन्।

केहि बर्ष पहिले नेकपा एमाले परित्याग गरेर नेपाली कांग्रेस प्रवेश गरेका तामाङ्ग केहि समय अघि उद्योग बाणिज्य संघ पथरीको अध्यक्ष निर्वाचित भएका थिए।

तामाङले यो समाचार तयार पारेको १० घण्टा अगाडी सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ‘म आजको मिति बाट नेपालि काग्रेसको क्रियासिल र क्षेत्रीय प्रतिनिधि त्यागेको घोषणा गर्द्छु यो अबधिमा मलाई सहयोग गर्नुहुने सबै प्रति आभारी रहने छु धन्यवाद’ dhan kumar

पार्टी परित्यागको बिषयमा पूर्वीखबरले प्रतिकृया लिने क्रममा तामाङ्गले १४ औँ महाधिबेशनका क्रममा आँफु भन्दा फरक बिचार राख्ने नेतृत्वले अनावश्यक टिप्पणी गर्दै आँफुलाई बिभिन्न दवाव दिएका कारण पार्टी छोडेको प्रतिकृया दिएका छन्।

पूर्वीखबरले तत्काल अर्को कुनै पार्टी प्रवेश गर्ने योजना छ भनेर सोधेको प्रश्नमा तामाङले तत्काल कुनै योजना नभएपनि आँफु सानै उमेरदेखि राजनीतिमा होमिएको हुँनाले भविश्यमा कुनै योजना बन्न सक्ने प्रतिकृया दिएका छन्।