सुन्दरहरैँचा/ नेपाली कांग्रेसको १४ औँ महाधिबेशनको क्रममा मोरङ्गको सुन्दरहरैँचा नगर कार्यसमितिमा देउवा पक्ष कमजोर साबित भएको छ। नगर कार्यसमितिमा कोईराला पक्ष हावी भएको हो।

शनिबार भएको सुन्दरहरैँचा नगर कार्यसमितिको निर्वाचनमा कांग्रेस सभापतिको उम्मेद्वारको रुपमा कोइराला पक्षका भक्तिप्रसाद सिटौला र देउवा पक्षका महेन्द्र धिमाल उम्मेद्वार रहनुभएको थियो। शनिबार भएको मतदानको गएराति नै पत परिणाम सार्वजनिक भएको थियो।

सार्वजनिक मत परिणाम अनुसार कोईराला पक्षीय सिटौलाले देउवा पक्षीय धिमाललाई १०२ मतको फराकिलो मतान्तरले पराजित गर्दै नगर सभापतिमा बिजयी हुनुभएको छ। सिटौलाले १६९मत प्राप्त गर्दा धिमालले ६७ मत मात्रै प्राप्त गर्नुभयो। IMG_1604

यस्तै नगर समितिको उपसभापतिमा पनि कोईराला पक्षीय उम्मेदवारहरु ले नै बिजय प्राप्त गरेका छन्। उपसभापतिमा कोईराला पक्षीय रञ्जित कार्की १४८ मत प्राप्त गर्दै बिजयी हुँदा शिवनारायण चौधरी पनि १५२ मत प्राप्त गर्दै बिजयी भएका छन्। उपसभापतिका देउवा पक्षीय उम्मेद्वार अशेश्वर पेश्करले ६५ मत र विन्दा दाहाल (थापा) ले ८९ मत प्राप्त गरेका छन्।

यसैगरी सचिव पदमा कोईराला पक्षीय होमनाथ पोखरेलले १६८ मत प्राप्त गर्दै बिजयी हुँदा सचिवका अर्का उम्मेद्वार दिलिप थापाले १३३मत ल्याएर निर्वाचित भएका छन्। सचिव पदमा देउवा पक्षीय उम्मेद्वार लक्ष्मी केसी(दाहाल)ले ५१ मत र सुमन ढकालले ९६मत प्राप्त गरेका छन्।

त्यस्तै सहसचिव पदमा कोईराला पक्षीय होमबहादुर थापा (मिराज) र देउवा पक्षीय टेकराज तिम्सिना सर्वसम्मत भईसकेका छन्।

यसअघि उम्मेद्वार घोषणाका क्रममा सुन्दरहरैँचामा कृयाशिल सदस्यता बितरणका क्रममा देउवा पक्षबाट मोरङ्ग जिल्ला सचिवका उम्मेद्वार समेत रहनुभएका सुन्दरहरैँचा नगरपालिकाका मेयर शिव ढकालले मनोमानी गरेको छोरा र श्रीमतिलाई कृयाशिल सदस्यता प्रदान गरेको अनि काठमाण्डौ सम्म पुगेर कृयाशिल सदस्यता काट्न लागिपरेको आरोप लगाईएको थियो। (हेर्नुहोस भिडियो)

शनिबार सार्वजनिक भएको मतपरिणामबाट सुन्दरहरैँचा नगरपालिकामा देउवा पक्ष बढारिएसँगै मोरङ्ग जिल्ला सचिवका उम्मेद्वार ललित श्रेष्ठ बलियो देखिएका छन् भने नगरप्रमुख रहेका ढकाल कमजोर साबित भएका छन्।