बुढिगंगा/ नेपाली कांग्रेसको १४ औँ महाधिबेशनको क्रममा मोरङ्गको बुढिगंगामा कोईराला समुहको प्यानलै निर्वाचित भएको छ। देउवा पक्षीय रेवती नारायण चौधरीलाई हराउँदै जित नारायण थापा मगर निर्वाचित हुनुभएको हो।

शनिबार भएको अधिबेशनमा चौधरीले ५४ मत प्राप्त गर्नुभएको थियो भने मगरले ७६मत ल्याएर निर्वाचित हुनुभएको थियो। यसैगरी उपसभापतिमा ९४ मतका साथ कुमार चन्द ठकुरी र ७७ मतका साथ सोमराज काफ्ले निर्वाचित हुनुभएको छ।

यस्तै ७८ मतका साथ जोग नारायण थान्दार र ७४ मतका साथ रेवतीरमण (रोशन) न्यौपाने निर्वाचित हुनुभएको छ। यस्तै सहसचिवमा नहरलाल थारु ७१ मतका साथ र ६९ मतका साथ मुकुन्द अधिकारी निर्वाचित हुनुभएको छ।

यसैगरी वडा नम्बर १ बाट गाउँपालिका समिति सदस्य महिलामा लक्ष्मी कोईराला(आचार्य) निर्बिरोध निर्वाचित हुनुभएको छ। वडा नम्बर १बाट नै खुल्ला सदस्यमा निर बहादुर वाग्ले ७३ मतका साथ र सुवास बाराकोटी ७० मतका साथ बिजयी हुनुभएको छ।

यस्तै वडा नम्बर २ बाट महिला सदस्यमा द्रोपती देवी राय निर्विरोध हुनुभएको छ भने खुल्ला सदस्यमा मोहन लाल माझी र श्रवण माझी निविरोध निर्वाचित हुनुभएको छ। यस्तै वडा नम्बर ३बाट महिला सदस्यमा सरीता अधिकारी अनि खुल्ला सदस्यमा नन्दराज दाहाल र सत्य नारायण चौधरी निर्बिरोध निर्वाचित हुनुभएको छ।

यस्तै वडा नम्बर ४ बाट महिला सदस्यमा रेखा मगर ७१ मतका साथ बिजयी हुनुभएको छ भने खुल्ला सदस्यमा ७२ मतका साथ केशर बहादुर केसी र राजकुमार खतिवडा केसी निर्वाचित हुनुभएको छ।

यसैगरी वडा नम्बर ५बाट महिला वडा सदस्यमा मन्सा देवी सरदार निर्विरोध हुनुभएको छ भने खुल्ला सदस्यमा ७१ मतका साथ राजेश पौडेल र ७७ मतका साथ शिव कुमार सरदार निर्वाचित हुनुभएको छ। यसैगरी वडा नम्बर ६मा महिला सदस्यमा ७० मतका साथ रामदुर्गा बन्ती थरुनी अनि खुल्ला सदस्यमा ६० मतका साथ देउमान लिम्बू र ६५ मतका साथ भोजकुमार गच्छदार बिजयी हुनुभएको छ।

त्यस्तै वडा नम्बर ७ मा महिला सदस्यमा जीतनी देवी माझी खुल्ला सदस्यमा रोशन कुमार सरदार, सुमित्रा देवी माझी निर्विरोध निर्वाचित हुनुभएको छ।

यस्तै खस आर्य महिला सदस्यमा धनादेवी थापा निर्विरोध निर्वाचित हुँदा खुल्ला खस आर्यतर्फबाट ७४ मतका साथ किशोर कुमार तिम्सिना र ७९ मतका साथ युवराज आचार्य निर्वाचित हुनुभएको छ।

त्यस्तै आदिबासी जनजाति महिला सदस्यमा अंकिता ताबाहाङ, आदिबासी जनजाति तर्फबाट खुल्ला सदस्यमा प्रल्हाद थापा मगर र सोमनलाल माझी निर्वाचित भएका छन्।

यस्तै मधेशीको तर्फबाट सदस्यमा संजिव यादव ७२ मत ल्याउँदै बिजयी हुँदा दलित महिला सदस्यमा ६५ मतका साथ ममता हरिजन कमारी माची बिजयी भएकी छन्।

यसैगरी दलित खुल्ला सदस्यमा राजन कुमार सरदार बाँतर र साजिन्द्र हिङ्गमाङ निर्विरोध निबिरोध निर्वाचित भएका छन्। यस्तै थारु महिला सदस्यमा ६६मतका साथ श्रृजना चौधरी निर्वाचित भएकी छन्।

यस्तै थारु खुल्ला सदस्यमा ७२ मतका साथ तिलकराम बिश्वास, ६९मतका साथ शंकरलाल चौधरी बिजयी भएका छन्। यस्तै मुस्लिम खुल्ला सदस्यमा ७२ मतका साथ सुकुदिन मिया निर्वाचित हुँदा अपाङ्गता भएकाहरुको तर्फबाट क्षेत्रीय प्रतिनिधीमा ६९मतका साथ सोभी यादव निर्वाचित भएका छन्।