इटहरी/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली इटहरी आउनु हुने भएको छ। अध्यक्ष ओली असोज २३ गते इटहरी आउनुहुने भएको हो।

एमाले सुनसरीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न अध्यक्ष ओलि इटहरी आउनुहुने नेकपा एमाले इटहरी नगरर कमिटि अध्यक्ष याम सुब्बाले पूर्वी खबरलाई बताउनुभयो।

यसैबीच शनिबार इटहरीस्थित लायन्स भवनमा नेकपा एमाले इटहरीको बिस्तारित बैठक बसेको छ। बैठकपछि अध्यक्ष सुब्बाले बिस्तारित बैठक सफलता पुर्बक सम्पन्न भएको जनाउँदै बैठकमा सहभागी अतिथि एवं बिभिन्न समितिमा रहेका सबैजनालाई धन्यबाद समेत दिनुभएको छ।

असोज २३ गते मध्यान्न इटहरीस्थित जनता उच्च माबिको प्राङ्गणमा सुनसरीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न पार्टी अध्यक्ष आउने जनाउँदै भेलामा शनिबार बसेको बिस्तारित बैठकको निर्णय अनुसार जनपरिचालनमा आआफ्नो क्षेत्रबाट गम्भिर रुपमा प्रस्तुत हुन अध्यक्ष सुब्बाले अनुरोध गर्नुभएको छ।