केराबारी/ नेपाली कांग्रेसको १४औँ महाधिबेशनका क्रममा बिभिन्न स्थानीय तहहरुमा दुईवटा प्यानल भएर चुनाव नै गर्दै कार्यसमिति चयन भईरहेको बेला मोरङ्गको केराबारीमा भने सर्वसम्मत नेतृत्व चयन भएको छ। मोरङ्गको केराबारी गाउँपालिका समितिमा शुक्रबार प्रकाश बस्नेतको नेतृत्वमा सर्वसम्मत नेतृत्व चयन भएको हो।

शुक्रबार सर्वसम्मत चयन भएको नेपाली कांग्रेस गाउँपालिका समितिको उपसभापतिमा खड्गकुमार श्रेष्ठ र शुक्रराज लिम्बु चयन भएका छन्। यसैगरी सचिवमा भुवन खड्का र मोहनकुमार नेपाल यस्तै सहसचिवमा जितेन्द्र कटवाल र रमानाथ फुयाल चयन भएका छन्।

यस्तै गाउँसमिति सदस्यहरुमा कमला राई, बिबि राई, चन्द्र बहादुर लिम्बु, जंगमाया किराँती, कितावसिंह लिम्बु, चन्द्रबहादुर मगर, सुवास तामाङ्ग मनोनित भएका छन्। त्यस्तै कमला सार्की, दिब्यदिप कुमार साह, गणेश कुमार गिरी, डम्बर बस्नेत, राजकुमार थापा, बिनम कुमार परियार, बिष्णुकमारी थापा श्रेष्ठ, अम्बर बहादुर बस्नेत, ख्यामप्रसाद कोईराला, चन्द्र बहादुर खत्री, छुनुमान गुरुङ, ललित बहादु मगर, मति कुमारी तामाङ्ग र यज्ञबहादुर लिम्बु सर्वसम्मत चयन भएका छन्।