यौनक्षमता बढाउन चाहनुहुन्छ ? खानुहोस यि ११ चिज

  • न्युजडेस्क
  • प्रकाशित मिति: आश्विन १५, २०७८

न्युजडेस्क/ यौनक्षमता बढाउने चाहना सबैलाई हुन्छ तरपनि हामीले यस बिषयमा ध्यान दिएका हुँदैनौ । आज हामीले केहि घरेलु उपाय बारे जानकारी दिँदैछौ ।

यौनक्षमता बढाउन निम्न बस्तुहरु खाँदा यौनक्षमता बढ्ने बिश्वास गरिन्छ।

खरबुजा :
खरबुजामा सिटुलाईन नाम गरेको एमिनो एसिड प्रशस्त मात्रामा पाइन्छ, जसले यौनाङ्गमा रक्तसञ्चार तीव्र पार्दछ। यौनाङ्गमा रक्तसञ्चार तीव्र पार्नकै लागेर भियाग्रा लिने गरिन्छ। जुन काम खरबुजा खाएर पनि गर्न सकिन्छ ।

अदुवा :
अदुवा खानाले यौनाङ्गसहित शरीरका सबै भागमा रक्तसञ्चार तीब्र हुन्छ । शारिरिक सम्पर्क अघि अदुवा हालेको चिया खाने गरेमा शरीर तात्छ, मुटुको धड्कन र रक्तसञ्चार तीव्र हुन्छ ।

एभोकाडो :
एभोकाडोमा भिटामिन बी–६ र पोटासियम प्रचुर मात्रामा पाइन्छन्। भिटामिन बी–६ ले पुरुषमा सेक्स हार्मोन बढाउने गर्छ। पोटासियमले महिलाको थाईराइड ग्रन्थिलाई स्वस्थ राख्छ। थाइराइड ग्रन्थिको सम्बन्ध व्यक्तिको यौनक्षमतासँग हुन्छ। एभोकाडोमा फोलिक एसिड पनि प्रशस्त पाइन्छ, जसले मुटुलाई बलियो पार्ने र शरीरलाई ऊर्जा दिने काम गर्छ।

तुलसी :
तुलसीको पाउडर अथवा तेल शरीरमा दल्नाले अथवा तुलसीको पात खानाले शरीरमा यौन हार्मोनको उत्सर्जन बढ्छ।

लसुन :
लसुनमा एलिसिन नामक तत्व पाइन्छ, जसले यौनाङ्गमा रक्तसञ्चार तीव्र गराउँछ। राम्रो यौन जीवनको चाहना गर्नेले लसुनको प्रयोग बढाउनुपर्छ।

बदाम :
बदाममा फ्याटी एसिड बढी मात्रामा पाइन्छ, जसले शरीरमा यौन हार्मोनको उत्सर्जन बढाउँछ । बदाममा पुरुषको यौनाङ्गमा रक्तसञ्चार तीव्र गराउने तत्वसमेत पाइन्छ।

कुरिलो :
कुरिलोमा भिटामिन–ई र फोलाइट पाइन्छन्, जसले पुरुष तथा महिला दुवैलाई यौनका क्रममा चरमोत्कर्षको अवस्थामा चाँडै पुग्न सघाउ पु¥याउँछ ।

केरा :
केरामा ब्रोमेलाइन नामक इन्जाइम प्रचुर मात्रामा पाइन्छ । यसले कामोत्तेजना बढाउने गर्छ । त्यसैगरी यसमा पाइने पोटासियम र भिटामिन–बीले पुरुष तथा महिला दुवैमा सेक्स हार्मोन र ऊर्जा बढाउने गर्छन्।

अण्डा :
अण्डामा भिटामिन बी ६ र भिटामिन बी ५ प्रचुर मात्रामा पाइन्छ। यिनले सेक्स हार्मोनसहित समग्र हार्मोनलाई सन्तुलनमा राख्ने गर्छन्। त्यस्तै, यसमा पाइने भिटामिन बी १२ ले पुरुषमा टेस्टोस्टेरोन हार्मोन बढाउने गर्छ।

रातो खुर्सानी :
रातो खुर्सानी खानाले मुड बनाउने इन्डोर्फिन नामक तत्व शरीरमा बढी रिलिज हुन्छ । यसबाट रक्तसञ्चार तीव्र बन्छ। स्वस्थ यौनजीवनका लागि तीव्र रक्तसञ्चार आवश्यक छ।

फर्सीको बियाँ :
फर्सीको बियाँमा ओमेगा–३ नामक फ्याटी एसिड र जिंक पाइन्छन्। यसले यौनजीवनलाई भव्य बनाउने हार्मोन उत्पादनलाई तीव्र बनाउने काम गर्छ।


सञ्चालक/सम्पादक: त्रिलोचन पौड्याल

मोबाइल नं.: ९८५२०४९३५१

ठेगाना: इटहरी–६ सुनसरी

बिज्ञापनका लागि : ०२५-५८९३५१ / advt.purbikhabar@gmail.com

सूचना विभाग दर्ता नं. ३८९/०७३–०७४

Copyright © 2015 / 2023 - Purbikhabar.com All rights reserved