सुन्दरहरैँचा/ दुईधार भएर आन्तरिक प्रतिष्पर्धामा उत्रिएका नेपाली कांग्रेसका प्रतिनिधीहरुले सुन्दरहरैँचामा पनि दुईधार भएर प्रतिष्पर्धा गर्ने भएका छन्। जस अन्तरगत बिहिबार सुन्दरहरैँचा नगर कार्यसमितिका लागि कोईराला पक्षीय उम्मेद्वार घोषणा गरिएको छ।

कोईराला पक्षधरहरुले नगर समितिको सभापतिमा भक्तिप्रसाद सिटौलाको नेतृत्वमा प्यानल खडा गरेर उम्मेदवारहरु सार्वजनिक गरेका छन्। बिहिबार घोषणा गरिएको प्यानलबाट उप–सभापतिका उम्मेद्वारहरुमा रञ्जित कार्की र शिव नारायण चौधरी हुनुहुन्छ। यस्तै सचिवका उम्मेद्वारहरुमा होमनाथ पोखेल र दिलिप थापा हुनुहुन्छ भने सह–सचिवका उम्मेद्वारहरुमा होम बहादुर थापा (मिराज) र राजन कुमार बास्तोला हुनुहुन्छ। IMG_1601

यसैगरी सदस्य पदका लागि वडा नम्बर १ बाट ओमप्रकाश खवास, दिल बहादुर श्रेष्ठ र महिला सदस्यमा कमला खड्का उम्मेद्वार रहनुभएको छ। यस्तै वडा नम्बर २ बाट केदार प्रसाद कोइराला, इन्तलाल फौदार र महिला सदस्यमा शान्ति कुमारी खवास उम्मेद्वार रहनुभएको छ। त्यस्तै वडा नम्बर ३ बाट सदस्य पदका उम्मेद्वारमा हरि पराजुली र पप्पु साह अनि महिला सदस्य पदका लागि टिका गिरी उम्मेद्वार हुनुहुन्छ। यस्तै वडानम्बर ४ बाट सदस्य पदमा राजकुमार सुवेदी र सुवास भट्टराई अनि महिला सदस्यमा झालवाली चौधरी उम्मेद्वार हुनुहुन्छ।

यस्तै वडा नम्बर ५ बाट सदस्य पदका उम्मेद्वारहरुमा हिमालजंग शाही र बजरमणी राई अनि महिला सदस्यमा मिना कुमारी शाह उम्मेद्वार हुनुहुन्छ । त्यस्तै वडा नम्बर ६ बाट सदस्य पदमा पेशल पोखेल र नारायण श्रेष्ठ अनि महिला सदस्यमा पुन्यमाया तामाङ उम्मेद्वार हुनुहुन्छ । यसैगरी वडा नम्बर ७ बाट नगर सदस्य पदमा मन बहादुर कार्की र टिकाराम दाहाल अनि महिला सदस्य पदमा गम्बीता चौधरी उम्मेद्वार हुनुहुन्छ। त्यसैगरी वडा नम्बर ८ बाट नगर सदस्य पदका लागि लक्ष्मी प्रसाद खरेल र सदस्य शम्भु थापा(उद्वव) अनि महिला सदस्य पदमा तारा पौडेल उम्मेद्वार हुनुहुन्छ ।

यस्तै वडा नम्बर ९ बाट नगर सदस्य पदमा तेज बहादुर कार्की(राजु) र सुभा प्रसाद श्रेष्ठ अनि महिला सदस्य पदमा उमा राउत उम्मेद्वार हुनुहुन्छ। त्यस्तै वडा नम्बर १० बाट नगर सदस्य पदमा तिर्थ के.सी.र लोकनाथ खरेल अनि महिला सदस्यमा टिकादेवी पाँच मगर उम्मेद्वार हुनुहुन्छ। यस्सैगरी वडा नम्बर ११ बाट नगर सदस्य पदमा रोहिणी कोइराला र शंकर बजगाई अनि महिला सदस्यमा अस्मिता बास्तोला उम्मेद्वार हुनुहुन्छ । त्यसैगरी वडा नम्बर १२ बाट नगर सदस्य पदमा अर्जुन कार्की र राजकुमार फुयाल अनि महिला सदस्य पदमा लिला तिमली उम्मेद्वार हुनुहुन्छ। IMG_1606

उम्मेद्वार घोषणा कार्यक्रमका अधिकांश बक्ताहरुले देउवा समुहले सुन्दरहरैँचामा कांग्रेसमा मनपरि गरेको भन्दै असन्तुष्ठि जनाएका थिए। कार्यक्रममा नेपाली कांगेस महासमिति सदस्य एवं मोरङ्ग ३ का सांसदका प्रत्यासी डा.सुनिल शर्माले सुन्दरहरैँचाका मेयर शिव ढकालले कृयाशिल सदस्यता कटौति गर्न लागिपरेको भन्दै अव नेतृत्वमा जानेले त्यसो नगर्न आग्रह गर्नुभयो।

यस्तै मोरङ्ग क्षेत्र नम्बर ६का सभापतिका उम्मेद्वार देवराज तामाङ्गले पनि शिव ढकालको दम्भ बढेको भन्दै अव निर्वाचन पछि दम्भ समाप्त हुने बताउनुभयो।(भिडियोमा हेर्नुस)

कार्यक्रममा कांग्रेसका बिभिन्न ब्यक्तित्वहरुले आआफ्ना धारणा राखेका थिए।

भिडियो :