सुनसरी/ सुनसरी क्षेत्र नम्बर ३ मा अन्तगत दुहवी ९ छाताबेलीमा बिभिन्न पार्टी परित्याग गरी चारसय ७५जना नेकपा एमाले प्रवेश गरेका छन्। उनिहरु नेपाली कांग्रेस एवं नेकपा माओबादी(केन्द्र) परित्याग गर्दै नेकपा एमाले प्रवेश गरेका हुन्। IMG_1569

ताबिल हुसेन, नहिमुदिन रैन, सबिर हुसेन, सबिला खातुनलगायतका प्रवेशीहरुलाई नेकपा एमालेका सचिव एवं प्रदेश नम्बर १का मुख्यमन्त्री भिम आचार्य, एमाले केन्द्रिय सदस्य भगवति चौधरी, तैयव हुसेन, प्रदेश सांसद लिलम बस्नेतलगायतले अविर लगाएर स्वागत गरेका छन्। IMG_1591

नवप्रवेशीहरुले अरु राजनीतिक दलहरुले मुलुकको बिकास एवं जनजीविकाको बिषय एवं जनआकांक्षालाई सम्बोधन गर्न नसकेको भन्दै आँफुहरु नेकपा (एमाले)मा समाहित भएको शंखघोष गरेका छन्। IMG_1570

अव आँफुहरु एमालेमा समाहित भएको भन्दै दुहवी ९को मुहार फेर्न आगामी निर्वाचनमा एमालेलाई साथ दिन आवश्यक रहेको भन्दै एमालेले मात्र जनजीविका र जनआकांक्षालाई सम्बोधन गर्नसक्ने दावी गरेका छन्।

नवप्रवेशीहरुले आफ्नो क्षेत्रबाट निर्वाचित भएर गएका नेता एकपटक पनि गाउँमा नआएको, गाउँका समस्या यस्तै बेरोजगारी समस्या हल नगरेकोले छाताबेलीका अधिकांश युवाहरु निराश भएको बताएका छन्। उनिहरुले अवको निर्वाचनमा आँफुहरुले परिवर्तन खोजेको भन्दै एमालेले मात्र परिवर्तन ल्याउन सक्ने दावी गरेका छन्।

कार्यक्रमका प्रमुख अतिथी रहनुभएका एमाले सचिव एवं प्रदेश नम्बर १ का मुख्यमन्त्री भिम आचार्यले जनताको बहुदलीय जनवाद बिना मुलुकमा स्थायी शान्ति र समृद्धि हासिल गर्न नसकिने बताउनुभएको छ। IMG_1574

उहाँले नेकपा एमालेले मात्र जनताको आवाज सम्बोधन गर्नसक्ने भन्दै २०७४ सालको निर्वाचनबाट मुलुकमा पहिलोपल्ट शक्तिशाली सरकार गठन भएपनि प्रतिगामी र यथास्थितिवादीहरुको षड्यन्त्रमा परेर ५बर्षको म्यान्डेट पाएको सरकार ढलेको बताउनुभयो।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा पूर्वराज्यमन्त्री भगवती चौधरीले जनजीविकाका सवालमा नेकपा एमालेले अपनाएको सम्मृद्ध मुलुक सुखी नेपालीको अभियान जारी रहेको बताउँदै अबको निर्वाचनमा जनताले पुनः जनमत दिने बताउनुभयो।

उहाँले स्थानीय बिकास, युवा रोजगार, आत्मनिर्भरता र उद्यमशिलतामा पार्टीले बिशेष ध्यान दिएको भन्दै युवालाई स्वरोजगार बनाउन पार्टीले अभियान थाल्ने बताउनुभयो।