इटहरी/ नेपाली काँग्रेस इटहरीमा अन्य नगरहरुमा भन्दा चुनावी सरगर्मी बढेको छ । भोलि हुने निर्वाचनको लागि दुइ पक्ष चुनाव हुदैछ ।
 
नेपाली काँग्रेस इटहरीमा मात्र नभई देशमै चर्चित नेता हेमकर्ण पौडेलले फेरि चुनाव जित्ने इटहरी उपमहानगरका पुर्व नगर सभापतिहरुले दावी गरेका छन । पूर्वनगर सभापति मेदनीप्रसाद सिटौलाले हेमकर्णलाई साथ दिएका छन । अहिले पौडेलको पक्षमा लागेका उनले यो पटक पनि निर्वाचन जित्ने दाबी गरे । पूर्वनगर सभापति वीरेन्द्र कार्कीको धारणा पनि सिटौलासँग मिल्दोजुल्दो छ। आगामी स्थानीय चुनावमा इटहरीमा काङ्ग्रेस स्थापित गर्नसक्ने क्षमता भएको र जनताको जानकारीमा रहेको बताए ।
 
पूर्वनगर सभापति फूलराज सुवेदी चुनावमा दुई पक्षीय, गुटगत प्रतिस्पर्धा ध्रुवीकृत भए पनि आगामी नगर नेतृत्वका लागि हेमकर्ण नै अगाडि भएको बताउँछन् । त्यस्तै पुर्व नगर सभापतिहरु केशव सिटौला, जिवनाथ काफ्ले लगायतका नेताहरुको साथ रहेको छ । इटहरीलाई पहिचान दिलाउन सक्ने क्षमता भएको, राजनीतिक अभ्यास पुगेको व्यक्ति इटहरी काङ्ग्रेसको नेतृत्वमा सुहाउने उल्लेख गर्दै अग्रज पत्रकार तथा इटहरीका पुराना काङ्ग्रेसी कृष्ण अधिकारी भन्छन्, ‘अहिलेसम्म हेमकर्ण जत्तिको विश्वसनीय नेतृत्व क्षमता अरूको देखिएको छैन । चुनाव हो चुनावमा सबैले आफ्नो दाबी गर्न पाउँछन् । तर जित्नुपर्ने चाहिँ हेमकर्णले नै हो ।’
 
‘इटहरी काङ्ग्रेसको चुनाव सोझै हेमकर्णले जित्छन्, लेखिदिनुस् मेरो प्रतिक्रिया,’ नेपाल ट्रेड युनियन काङ्ग्रेसका राष्ट्रिय उपमहासचिव ज्योति कोइराला भन्छन्, नेपाली काङ्ग्रेस सुनसरी, प्रदेश २ (क)का सभापति रमेश पोखरेल हेमकर्ण पौडेल चार सय ८१ मतमध्ये दुई बराबरी गर्दा ६५ भन्दा बढी मतले अगाडि रहेको आँकलन गर्छन् । हेमकर्णले चुनाव जित्ने पक्का छ पोख्रेल भन्छन ।
 
त्यस्तै चुनावी मैदानमा नगर सभापतिका उम्मेदवार हालका नगर सचिव प्रकाश बस्नेतले पनि हेम्कर्ण पौडेललाई नै साथ दिने भएका छन । बस्नेतले सभापतिमा उम्मेदवार दर्ता गराएनन । बस्नेतको उम्मेदवारी फिर्ता भए सँगै इटहरी काँग्रेसमा हेमकर्णले सहजै जित्ने हेमकर्ण निकटकाहरुले बताएका छ्न ।