सुन्दरहरैँचा/ मोरङको सुन्दरहरैँचा ४ मा पनि नेपाली कांग्रेसको वडा अधिबेशनमा कोईराला पक्षकै हावी देखिएको छ। बिहिबार साँझ सार्वजनिक गरिएको मत परिणाममा कोईराला पक्षका कैलाश बस्नेतको प्यानलै बिजयी भएको हो।

बस्नेतले देउवा पक्षीय रबिन दाहाललाई २६ मतान्तरले पराजित गर्दै वडा सभापतिमा निर्वाचित भएका हुन्। रबिन दाहालले ५० मत ल्याउँदा कैलाशले ७६ मत प्राप्त गरेका छन्।

यस्तै उपसभापतिमा दुर्गानन्द चौधरी ६७ मत ल्याउँदै र सुरेन्द्र चौधरी ६४ मत ल्याउँदै निर्वाचित भएका छन् भने सचिवमा कुल बहादुर गुरुङ ७५ मत ल्याउँदै र रामबहादुर सेलुवाल ६५ मत ल्याउँदै निर्वाचित भएका छन्।

यस्तै सहसचिवमा दिलिप राई ६५ मतका साथ र मुगाधान राई ६० मतका साथ निर्वाचित भएका छन्।

मोरङ्ग क्षेत्र नम्बर ६ मा पर्ने सुन्दरहरैँचा ४ मा पनि कोईराला पक्षकै जीत भएसँगै मोरङ्ग क्षेत्र नम्बर ६ का क्षेत्रीय सभापतिका उम्मेद्वार देवराज तामाङ्गको उम्मेद्वारी मजबुद हुँदै गएको छ।