सुन्दरहरैँचा/ मोरङको सुन्दरहरैँचा नगरपालिका भित्रबाट अहिलेसम्मकै कान्छा उम्मेद्वार क्षेत्रीय प्रतिनिधीमा निर्वाचित भएका छन्। सुन्दरहरैँचा ५ मा नेपाली कांग्रेसको वडा अधिबेशनबाट निश्चल घिमिरे क्षेत्रीय प्रतिनिधीमा निर्वाचित भएका हुन्।

२२ बर्षीय घिमिरे कोईराला समुहबाट निर्वाचित भएका हुन्। शेखर कोईरालाको निर्वाचन क्षेत्रका रुपमा परिचित मोरङ्ग क्षेत्र नम्बर ६मा सुन्दरहरैँचा नगरपालिकाको वडा नम्बर ५ पनि पर्दछ। nischhal

मोरङ्गकै सुकुना क्याम्पसमा अध्ययनरत घिमिरे नेबिसंघबाट बिद्यार्थी राजनीति गर्दछन्। वडा अधिबेशनमा आँफुभन्दा अघिल्लो उमेर समुहका प्रतिद्वन्दिलाई पराजित गर्दै घिमिरे क्षेत्रीय प्रतिनिधी चुनिएका हुन्।

मोरङ्ग क्षेत्र नम्बर ६का क्षेत्रीय सभापतिका उम्मेद्वार देवराज तामाङ्गको वडाका रुपमा परिचित सुन्दरहरैँचा ५ मा कोईराला पक्षको बर्चश्व देखिँदा सानै उमेरका घिमिरेलाई फलिफाप भएको छ ।

मोरङ्ग ६को क्षेत्रीय सभापतिको उम्मेद्वार बन्नुभएका देवराज तामाङ्ग सुन्दरहरैँचा ५ बाट निर्बिरोध रुपमा क्षेत्रीय प्रतिनिधीका रुपमा निर्वाचित भईसक्नुभएको छ। बुधबार सम्पन्न सुन्दरहरैँचा ५ को वडा अधिबेसनबाट कोइराला पक्षीय घनश्याम न्यौपानेसहितको प्यानल नै निर्वाचित भएको छ।