सुन्दरहरैँचा/ मोरङको सुन्दरहरैँचा ५मा नेपाली कांग्रेसको वडा अधिबेशनमा देउवा पक्ष अत्यन्तै कमजोर देखिएको छ। अधिबेशनमा देउवा पक्ष कोईराला पक्षभन्दा तुलनात्मक रुपमा कमजोर सावित भएको हो।

मोरङ्ग क्षेत्र नम्बर ६का क्षेत्रीय सभापतिका उम्मेद्वार देवराज तामाङ्गको वडाका रुपमा परिचित सुन्दरहरैँचा ५मा कोईरालापक्षको बर्चश्व देखिएको हो। वडामा निर्बिरोध रुपमा क्षेत्रीय प्रतिनिधीका रुपमा निर्वाचित तामाङ्गसँगै बुधबार भएको अधिबेशनबाट वडामा कोईराला पक्षका सबै निर्वाचित भएका हुन्।

मोरङ्ग क्षेत्र नम्बर ६मा प्रतिष्ठाको लडाँई बनाएका कांग्रेसका दुई पक्षमा केन्द्रिय नेताका रुपमा कोईराला पक्षबाट शेखर कोईरालाले नेतृत्व गर्छन् भने देउवा पक्षबाट राष्ट्रिय सभामा सांसदसमेत रहेका रमेशजंग रायमाझीले नेतृत्व गर्दछन्। jodi

यसैबीच बुधबार सम्पन्न भएको सुन्दरहरैँचा ५ को वडा अधिबेसनबाट सभापतिमा कोइराला पक्षका घनश्याम न्यौपानेसहितको प्यानल नै निर्वाचित भएको छ।

निर्वाचनमा देउबा पक्षका प्रकाश सिग्देललाई ७७ मतको फराकिलो मतान्तरले पराजित गर्दै न्यौपाने बिजयी भएका हुन्। न्यौपानेले ११९ मत ल्याउँदा सिग्देलले ४७ मत मात्र प्राप्त गरेका छन्।

यसैगरी उपसभापतिमा देउवा पक्षीय उम्मेद्वारलाई पराजित गर्दै कोईराला पक्षीय भूपाल श्रेष्ठ र देवेन्द्र लामा थिङ निर्वाचित भएका छन्। त्यस्तै देउवा पक्षीय सचिवका उम्मेद्वारलाई पराजित गर्दै काजिमान गुरुङ र पदम कालाखेती सचिवमा निर्वाचित भएका छन्। त्यसैगरी देउवा पक्षीय उम्मेद्वारलाई पराजित गर्दै कोईराला पक्षका आयुषदीप रिजाल र एभरेस्ट राई सहसचिवमा निर्वाचित भएका छन्।

यस्तै खुल्ला सदस्यहरुमा इन्द्रबहादुर राई, गिरेन्द्र सेन्च्युरी, गोपाल बहादुर कोईराला, डिल्लीराम सुबेदी, दोर्णकुमार अधिकारी, बिरबल तामाङ्ग, बेखबहादुर तामाङ्ग र हस्तबहादुर तामाङ्ग निर्वाचित भएका छन्।

यसैगरी खुल्ला महिला सदस्यहरुमा गिता कार्की (तामाङ्ग), जसमाया राई, दरिमाया तामाङ्ग र नैनकला लिम्बु निर्वाचित भएका छन्।

(यसअघि प्रकाशित समाचारमा नामहरु फरक परेकोले सच्याईएको छ-सम्पादक)