सुन्दहरैँचा/ मोरङ्गको सुन्दरहरैँचा ५ बाट क्षेत्रीय प्रतिनिधीमा निर्बिरोध निर्वाचित हुनुभएका देवराज तामाङ मोरङ्ग क्षेत्र नम्बर ६मा क्षेत्रीय सभापतिमा प्रतिष्पर्धा गर्नुहुने भएको छ। तामाङ्गले शेखर कोईरालाको प्यानलबाट क्षेत्रीय सभापतिमा प्रतिष्पर्धा गर्नुहुने भएको हो।

मोरङको सुन्दरहरैँचा वडानम्बर ५ बाट आदिबासी जनजाति कोटामा क्षेत्रीय प्रतिनिधिमा उम्मेद्वारी दिनुभएका तामाङ निर्बिरोध निर्वाचित हुनुभएको हो। deb dai

क्षेत्रीय प्रतिनिधिमा निर्बिरोध निर्वाचित भईसकेपछि तामाङ्गले पूर्वीखबरलाई संक्षीप्त प्रतिकृया दिँदै सुन्दरहरैँचा ५का कांग्रेस प्रतिनिधीहरुले आँफुलाई बिश्वास गरेको भन्दै अव मोरङ्ग क्षेत्र नम्बर ६का कांग्रेस जनको मन जित्न तत्पर रहेको जनाउनुभयो।

उहाँले नेपाली कांग्रेसलाई एकत्रित गरेर लैजान आँफु लागिपर्ने भन्दै आँफुलाई निर्वाचित गर्न कांग्रेसका प्रतिनिधीहरुसँग अनुरोध गर्नुभएको छ।