इटहरी/ इलाका प्रहरी कार्यालय इटहरीमा सादा पोशाकमा कार्यरत प्रहरी जवान समर तिवारी सुनसरीको उत्कृष्ट प्रहरी बनेका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीले तिवारीलाई भाद्र महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो।

बिराटनगरस्थित वडा प्रहरी कार्यालय(क) मा दरबन्दी भई इलाका प्रहरी कार्यालय इटहरीमा कार्यरत प्रहरी जवान तिवारीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले जिल्लाको भाद्र महिनाको उत्कृष्ट प्रहरी (POLICE OF THE MONTH) घोषणा गरेको हो ।

प्रहरी जवान तिवारीलाई बिभागीय मूल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कार्यसम्पादन गरेबापत भाद्र महिनाको उत्कृष्ट प्रहरी घोािषत गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। SAMAR TIWARI

जिल्ला प्रहरी कार्यालयले मातहतका प्रहरी युनिटहरुमा कार्यरत प्रहरी कर्मचारीको कार्यसम्पादन तथा आचरणको मूल्यांकन गरेर हरेक महिना एकजनालाई उत्कृष्ट प्रहरी (पुलिस अफ द मन्थ) घोषणा गर्दै आएको छ ।

उत्कृष्ट घोषित हुने प्रहरी कर्मचारीको बिवरणसहितको फोटो १ महिनासम्म मातहतका प्रहरी कार्यालयहरुमा राख्ने चलन छ ।