इटहरी/ गएको भदौ २१ गते बिहान संखुवासभाको मादी नगरपालिका १ खोलागाउँका कार्की परिवारको हत्याको अनुसन्धानमा रहेका इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक(ईन्स्पेक्टर) योगराज खतिवडा र क्षेत्रीय अनुसन्धान समुह(RIT)का प्रहरी नायव निरीक्षक(सई) रुद्र बहादुर खड्का प्रदेश १को उत्कृष्ट प्रहरी घोषित भएका छन्। प्रनि खतिवडा र प्रनानि खड्कालाई प्रदेश प्रहरी कार्यालय बिराटनगरले भाद्र महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको हो। yograj

प्रदेश प्रहरी कार्यालय बिराटनगरले उत्कृष्ट प्रहरी घोषणा गरेको बिवरणमा बिभागिय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मनोवल र साहसका साथ आफ्नो कर्तव्य निर्वाह गरी एकै परिवारका छजनाको बिभत्स ढंगले सामूहिक हत्या गरी लुकिछिपी बसेका अपराधमा संलग्न व्यक्तिहरुलाई अनुसन्धान तथा पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गदै आम नागरिकहरुमा सुरक्षाको अनुभूति हुने गरी नागरिक समक्ष प्रहरीको छवि उच्च बनाउने तर्फ प्रशंसनीय कार्य गरेकोले इलाका प्रहरी कार्यालय चैनपुर, संखुवासभा दरबन्दी भई सोही कार्यालयमा कार्यरत प्रहरी निरीक्षक योगराज खतिवडा र इलाका प्रहरी कार्यालय दोभान, ताप्लेजुङ दरबन्दी भई १ नं. प्रदेश प्रहरी कार्यालय, विराटनगर (RIT) शाखामा कार्यरत प्रहरी नायव निरीक्षक रुद्र बहादुर खडकालाई सम्पादन गरेको उत्कृष्ट कार्यको उच्च मुल्याङकन गर्दै २०७८ साल भदौ ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ (BEST POLICE OF THE MONTH) घोषणा गरिएको भनिएको छ।