केराबारी/ मोरङ्गको खोर्साने केराबारी भित्रि सडकखण्डमा टेम्पो दुर्घटना हुँदा तीनजना घाईते भएका छन्। दुर्घटनामा टेम्पो चालक समेत घाईते भएका हुन्।

खोर्साने केराबारी सडकको खोर्साने खण्डमा भएको सो दुर्घटनामा घाईते हुनेहरुमा टेम्पो चालक केराबारी ३ का २२ बर्षीय टंक तामाङ्ग, टेम्पोमा सवार केराबारी ३ कै ३२ बर्षीय आशिष मगर र काठमाण्डौको दक्षिणकाली बस्ने ६९ बर्षीया कान्छि सार्की घाईते भएका छन्।

तिब्र गतिका कारण दुर्घटना भएको हुनसक्ने जनाईएको छ।

प्रदेश १–०२–०३ ह २८४६ नम्बरको टेम्पो दुर्घटना हुँदा घाईते भएकाहरुलाई उपचारका लागि बिराटनगर पठाईएको र उनिहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

तस्विर:सामाजिक सञ्जाल