इटहरी/ भोली असोज ३ गते नेपालमा संबिधान जारी भएको दिन । तर संबिधान दिवसकै अघिल्लो रात केहिबेर अघि संबिधान एवं गणतन्त्र कै बिरोध भएको छ। पूर्वका इलाम, झापा, मोरङ्ग र सुनसरी अन्तरगत बिभिन्न ठाउँमा गणतन्त्र बिरुद्व पर्चा छरिएको हो। tttt

पूर्वीखबरलाई सामाजिक सञ्जालमार्फत प्राप्त भएको पर्चामा पूर्वाञ्चलबासी देशभक्त नेपाली जनता लेखिएको छ। सामाजिक सञ्जालमा ब्यापक बनाउन अनुरोध पनि गरिएको पर्चामा गणतन्त्र मुर्दाबाद, राजतन्त्र जिन्दाबाद, २०७२को संबिधान खारेज गर, २०४७ को संबिधान लागु गर लेखिएको छ। rrrrr

राजतन्त्र समर्थकहरुले संबिधान दिवसको पूर्वसन्धामा देशमा लागु भएको संबिधानका कारण मुलुक अस्थिरताको शिकार भएको आशय प्रस्तुत गरेका छन्।