सुन्दरहरैँचा/ नेपाली कांग्रेसको जारी १४औँ महाधिबेसनमा देशैभर नेपाली कांग्रेसको चहलपहल चलिरहेको छ । त्यहिक्रममा मोरङको सुन्दरहरैँचामा पनि उम्मेद्धवारका आकांक्षीहरु बढिरहेका छन्।

यसैक्रममा कांग्रेसले सुन्दरहरैँचा वडा नम्बर ५का लागि शुक्रबार उम्मेद्वार सार्वजनिक गरेको छ। नेपाली कांग्रेस सुन्दरहरैँचा ५स्थित वडा पार्टी कार्यालयमा उम्मेद्वार सार्वजनिक गरिएको हो।

IMG_1466
उम्मेद्वारी घोषणापछि उम्मेद्वारहरु तस्विर खिचाउँदै

जसअन्तरगत वडा कार्यसमितिको सभापतिमा घनश्याम न्यौपाने, दुई उपसभापतिहरुमा तेजनारायण चौधरी, भुपाल श्रेष्ठ, दुईजना सचिवहरुमा काजिमान गुरुङ र पदम कालाखेति, यस्तै सहसचिवमा माघिलाल चौधरी र आयुष रिजालको उम्मेद्वारी परेको छ । यस्तै यस्तै खुल्ला सदस्यहरुमा प्रेम फुयाल, हस्तबहादुर तामाङ, बेखबहादुर तामाङ, द्रोण अधिकारी, कृष्ण घिमिरे, गोपाल कोईराला, एभरेष्ट राई र इन्द्रमणी देवानको उम्मेद्वारी परेको छ।

यस्तै खुल्ला सदस्य महिला तर्फ दरिमाया तामाङ(चौधरी) राधिका दाहाल, नैनकला लिम्बु र गिता कार्कीकाृ उम्मेद्वारी परेको छ। यस्तै आदिबासी जनजाति सदस्यमा बुद्विराज कोरङ्गी र इन्द्र बहादुर राईको उम्मेद्वारी परेको छ । यस्तै खस आर्य तर्फबाट सदस्यमा इन्द्र आचार्यको उम्मेद्वारी परेको छ। यसैगरी थारु सदस्यमा राजिव चौधरीको, मुस्लिम सदस्यमा अशोक साहको र दलित सदस्यमा गिरिन्द्र सेन्च्युरीकाृ उम्मेद्वारी परेको छ।

IMG_1456
उम्मेद्वारी घोषणा गर्दै साथमा उम्मेद्वारहरु र उपस्थित कांग्रेसजन

यसैगरी नगर सदस्यहरुमा पुरुष तर्फबाट हिमाल जङ्ग शाही र बजरमणी राई अनि महिला तर्फबाट मिना शाहको उम्मेद्वारी परेको छ।

यस्तै क्षेत्रीय प्रतिनिधिहरुमा खुल्ला तर्फबाट रामप्रसाद रिजाल, लालबहादुर तामाङ्ग, कृण्णकुमार शाही, बिजय तिम्सिना, कविराज राई, निलबहादुर(अशोक) शाहिको उम्मेद्वारी परेको छ।

त्यस्तै क्षेत्रीय प्रतिनिधिमा खुल्ला महिला तर्फबाट पम्फा राई, बिन्दु राई (तामाङ) र रुपा श्रेष्ठ यस्तै खस आर्य पुरुष तर्फबाट गेहनाथ दाहाल, खस आर्य महिला तर्फबाट उमादेबी आचार्य, यस्तै आदिबासी जनजाति पुरुषबाट देवराज तामाङ, आदिबासी जनजाति महिला सिता थापा, थारुर समुदायबाट बिष्णुकुमार चौधरी र माघिलाल चौधरी, मधेसीबाट रामकुमार शाह, मुस्लिमबाट अब्बुल मिया र दलितबाट कृष्णकुमारी बिश्वकर्माको उम्मेद्वारी परेको छ।