इटहरी/ पूर्वपश्चिम राजमार्ग अन्तरगत इटहरी खण्डको मिलन चोकमा इटहरी प्रहरीबाट खटिएको प्रहरीको भाद्र २७ गते नियमित चेक थियो। यसैक्रममा पैदल यात्रा गरिररहेका दुईजना मानिसमा प्रहरीको नजर जान्छ ।

इटहरी ४ स्थित मिलन चोकमा रहेका इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएका प्रहरीले इटहरीको मुख्य चोकतर्फ जाँदै गरेका ति पैदलयात्री माथी प्रहरीले शंका गर्दछ।

नियमित चेकजाँचको क्रममा झापाको गौरीगञ्ज गाउँपालिका २ बस्ने २७ बर्षीय आईतवारी हस्दा र भारतको बिहारको किसनगञ्ज थाना दिलगबैंक ग्राम पञ्चायत १ का २२ बर्षीय सुरज साहलाई खानतलासी गर्दछ ।

bs
पक्राउ परेकाहरुको साथबाट बरामद भएको ब्राउन सुगर र मोवाईल

उनिहरुको शरिर खानतलासी गर्दा प्रहरीले आईतवारी हस्दाको साथबाट १३ ग्राम ब्राउनसुगर फेला पार्दछ। त्यसपछि उनिहरुलाई प्रहरीले पक्राउ गरेर लागुऔषध नियन्त्रण ऐन-२०३३ बमोजिम सुनसरी जिल्ला अदालतबाट ७ दिनको म्याद लिई थप अनुसन्धान गरिरहेको छ।