केराबारी/ खदम खोलामा पैसा र पावरको भरमा क्रसर व्यवसायीहरुले जथाभावी उत्खनन् गरेको भन्दै स्थानीय ‘केहि यूवाहरु’ले बिरोध गरेका छन्। उनिहरुले शनिबार खदम खोलामा नै पत्रकार सम्मेलन गर्दै बिरोध जनाएका हुन्।

उनिहरुले पैसा र पावरको भरमा क्रसर व्यवसायीहरुले स्टक गरेको ठाउँको गिटी बालुवा भन्दै अबैध रुपमा दोहन गरिरहँदा गाउँपालिका तथा सम्बन्धित निकायले वेवास्ता गरेको आरोप लगाएका छन्। IMG_1410

उनिहरुले एक ट्याक्टर पनि गिटीबालुवा स्टक नभएका व्यक्तिलाई १३ हजार घनमिटर गिटी स्टक रहेको गाउँपालिकाले सेटिङ्गका भरमा सिफारिस गरिदिएको भन्दै त्यो कहाँबाट आयो कसरी आयो सबैकुरा सार्वजनिक हुनुपर्ने बताएका छन् । आवश्यक परे सेटिङ्गमा दिएको सिफारिस पत्र नै सार्वजनिक गरिदिने समेत उनिहरुले बताएका छन्।

उनिहरुले हिजो दुईवटा खुट्टामा दुईखाले चप्पल लगाएर हिड्नेहरु खोला दोहन गरेर रातारात ५५/६० लाखको गाडी चढ्ने हैसियत बनाएको भन्दै आफ्नो हैसियत नभुल्न चेतावनी समेत दिएका छन्।

उनिहरुले मजदुरी गर्नेहरुले भने सधँै जीउ हजुरी गर्नुपर्ने अवस्था निम्त्याएको भन्दै पैसाको पछि मात्र नलाग्न चेतावनी समेत दिएका छन्।