इटहरी/ सुनसरीको इटहरीमा सबैले चिन्ने नाम हो हेमकर्ण पौडेल । उहाँ इटहरी कांग्रेसका वर्तमान नगरसभापति हुनुहुन्छ । युवा बृद्व सबैमा परिचित पौडेलले नेपाली कांग्रेसको १४औँ महाधिबेशनमा पुनः नगरसभापतिमा उम्मेद्वारीको घोषणा गर्नुभएको छ। पौडेलले सामाजिक सञ्जाल फेसबुकमार्फत नगर सभापतिमा उम्मेद्वारीको घोषणा गर्नुभएका हो।

कांग्रेस आवद्व युवामा मात्र नभएर गैर कांग्रेस यूवामा पनि उत्तिनै लोकप्रिय पौडेलले यही २७ गते हुने इटहरी उपमहानगरको नगर सभापतिमा उम्मेद्वारीको घोषणा गर्नुभएका हो। hp dai

हज्जारौँ युवाका ढुकढुकी पौडेल राजनीतिमा मात्र नभएर सामाजिक काममा पनि उत्तिकै चर्चित हुनुहुन्छ। लकडाउनले आर्थिक रुपमा डामाडोल भएका सयौँ इटहरीबासीलाई सक्दो आर्थिक एवं खाद्यान्न सहयोग गर्नुभएको छ। उहाँको नाम स्पष्ट उच्चारण गर्न नजान्ने कयौँ इटहरीबासी उहाँसँग नजिकिन चाहन्छन्।

स्थानीय नेता एवं कार्यकर्ता माझ निकै लोकप्रिय पौडेल चुनावी मैदानमा उत्रिनुभएको छ। इटहरीको ग्रामिण क्षेत्रका गरिव जनता देखि राष्ट्रिय नेता सम्म पहुँच राख्ने पौडेलले इटहरीमा रहेका सबैपार्टीका नेता एवं कार्यकर्तामा प्रिय नेता हुनुहुन्छ । इटहरी कांग्रेसलाई हालको सबल कांग्रेस बनाउन पौडेलको योगदान महत्वपूर्ण रहेको छ ।

२०५४ सालमा इटहरीस्थित जनता क्याम्पसको स्ववियु सभापतिमा जितेर इटहरीको राजनीतिमा उदाएका पौडेलको इटहरी आँपगाछी स्थायी घर हो ।