इटहरी/ आवास क्षेत्रको रुपमा परिचित इटहरीमा पछिल्लो समय ठुलो लगानीका होटलहरु सञ्चालनमा आउने क्रम बढेको छ । बढ्दो शहरिकरणका बीच ब्यवसाय थपिने क्रम दिनानुदिन बढ्न थालेको हो। IMG_1390

यसैक्रममा इटहरीमा होटलहरुको थपिने क्रम बढि नै रहेको छ। होटलमा लगानी गर्नेहरुको संख्या पनि बढि नै रहेको छ । यसैक्रममा पूर्व पश्चिम राजमार्ग अन्तरगत अन्तरगत इटहरी १७ लविपुरमा एक करोडको लगानीसहित होटल दरबार एण्ड रेष्ट्रो सञ्चालनमा आएको छ। IMG_1384

होटलको शनिबार उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भिमबहादुर पौडेलले रिबन काटेर समुद्घाटन गर्नुभएको छ। भाटभटेनी सुपर मार्केटकै १००मिटर पश्चिममा होटल सञ्चालनमा आएको हो। IMG_1396

आन्तरिक पर्यटकहरूलाई नेपाली खानाको स्वाद चखाउन तथा चिकेनका पारखिहरुलाई मध्यनजर गर्दै होटल सञ्चालनमा ल्याएको सञ्चालक नगेन्द्र बहादुर राईले बताउनुभयो। होटलमा मच्छिन्द्र राई र राज राईको पनि लगानी छ । होटलमा नेपाली परिकारका मौलिक खाना सँगै तन्दुरीका आइटमहरु राखिएको छ । IMG_1395

उद्घाटन कार्यक्रममा कार्यक्रमका प्रमुख उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलले इटहरीमा आन्तरीक पर्यटकहरुलाई सेवा प्रदान गर्न खोलिएका होटलहरुकै कारण शहरको सान बढेर गएको बताउनुभयो । उहाँले कोरोना कहरका बीच होटलहरु धरासायी बनिरहेको अवस्थामा चुनौति मौल्दै करोडौ लगानी गरी होटल सञ्चालन गर्नु शहरको लागि पनि गौरवको बिषय रहेको बताउनुभयो । IMG_1393

कार्यक्रममा होटल तथा लज ब्ययवसायी समिति इटहरीका अध्यक्ष उमेश दाहाल, होटल ब्यवसायी महासंघ प्रदेश नं एकका उपाध्यक्ष गोविन्द थापालगायतले सुभकामना मन्तब्य राख्नुभयो ।