काठमाण्डौ/ नेकपा एमालेका सचिव योगेश भट्टराईले आफैंसँग भएका नेतालाई नेकपा एकीकृत समाजबादीको अध्यक्ष बनाएर उदाहरण देखाउन सुझाव दिनुभएको छ। सचिव भट्टराईले सामाजिक सञ्जाल ट्विटरमा यस्तो प्रतिकृया जनाउनुभएको हो।

अध्यक्ष नेपालले शनिवार एक कार्यक्रममा पार्टी बिभाजनमा साथ नदिएका दोश्रो पुस्ताका नेताहरुलाई एमाले छाडेर आए अध्यक्ष बनाउन तयार रहेको बताउनुभएको थियो।

नेता भट्टराईले नेपालको नाम र प्रसंग नलिई ट्वीटरमा लेख्नुभएको, ‘राम्रो कुरा हो, स्वागत गर्दछु । आफैंसँग भएकालाई बनाएर उदाहरण देखाइदिए झनै राम्रो हुने थियो ।’ yogesh 2

नेपालले आफूलाई दोस्रो पुस्ताले धकेलेर पठाएको भन्दै पछाडि फर्केर हेर्दा कोही पनि नरहेको बताउनुभएको थियो। अध्यक्ष नेपालले दोश्रो पुस्ताले नै पार्टी बिभाजनमा आफूलाई दबाब दिएको समेत बताउनुभएको छ ।

उहाँले भन्नुभएको छ । ‘आउनुस् केपी ओलीलाई छाडेर । म अध्यक्ष त अहिल्यै छाड्न तयार छु, पाँच वर्षपछि राजनीति पनि छाड्छु ।’