धरान/ सुनसरीको धरान १०स्थित ‘ड्रिमल्याण्ड होटेल’बाट ब्राउनसुगरसहित दुईजना पक्राउ परेका छन्। करिब ३ ग्राम ब्राउनसुगरसहित उनिहरु पक्राउ परेका हुन्।

प्रहरीले धरान ३ का २४ बर्षीय मोहमम्द नुरदिन र सप्तरीको राजबिराज नगरपालिका ११का ३० बर्षीय ब्रम्हदेव चौधरीलाई इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको हो।

उनिहरुलाई आइतबार राति ब्राउनसुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।