इटहरी/ हिजो आज प्रदेश १ मा सौन्दर्य प्रतियोगीता हुने होडबाजी नै चलेको छ। प्रतियोगीताहरु सञ्चालन भएसँगै बिक्रितिहरु पनि बढेको छ। प्रतियोगीहरुबाट पैसा असुल्ने तर बिजेताहरुलाई भने तोकिए बमोजिम पुरस्कार प्रदान नगर्ने किसिमको बिकृति बढेको छ ।

यसैबीच यस्ता बिक्रिति बिसंगतिलाई चिर्दै युवायुवतीमा भएको प्रतिभालाई अझ थप बिभिन्न खाल्का तालिम प्रदान गरी ग्लोरी फिल्मले प्रदेश १ भरका युवायुवतीलाई लक्षित गरी ‘मिस्टर एण्ड मिस पूर्वाञ्चल २०२१’ सञ्चालनमा ल्याउने भएको छ ।

प्रतियोगीताको अडिसन सुन्दरहरैँचा १० खोर्सानेको सृजना क्याफेमा भोली (भाद्र ५) शुरु हुने भएको छ। प्रतियोगीहरुलाई थोरै सुविधा दिने तर गुणस्तरीय दिने सौन्दर्य प्रतियोगीताका संयोजक सृजन निरौलाले बताउनुभयो।

यस प्रतियोगीतामा विजेता हुनेलाई नगद ३० हजार रुपैयाँ, ताज, ट्रफि, म्यूजिक भिडियो, फोटोसुट, छोटो चलचित्र, छात्रवृत्ति, तीन दिने होलिडे ट्रिप, जुम्बा कक्षा लगायतका पुरस्कार प्रदान गरिने संयोजक निरौलाले जनाउनुभयो।

प्रतियोगीतामा उपविजेता हुनेलाई नगद पुरस्कार बाहेक सम्पूर्ण पुरस्कार दिइने बताइको छ । न्यूजलय र रेड एफ एम मिडिया पार्टनर रहेको प्रतियोगीताको सहआयोजक कलाशाला रहेको निरौलाले बताउनुभयो।